News Category 2078/07/22
भ्रष्टाचार भएको भन्दै कंचनरुप नगरपालिका बिरुद्ध पाँच दल आन्दोलित

दैनिक समाचारदाता
राजविराज, २२ कात्तिक ।
सप्तरीको कंचनरुप नगरपालिकामा ब्यापक भ्रष्टाचार भएको भन्दै पाँच राजनीतिक दलले आन्दोलन गर्ने जनाएका छन् । सोही विषयलाई लिएर सोमबार पाँच दलका प्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाली काँग्रेस सप्तरीका सहसचिव दिपक गुप्ता, नेकपा माओवादी केन्द्रका नगर संयोजक रामविहारी राउत, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष विष्णु देव चौधरी, जसपा नेपालका नगर अध्यक्ष सुगम्बर यादव र जनमत पार्टीका नगर अध्यक्ष अनिल पंजियारद्वारा हस्ताक्षरित संयुक्त ज्ञापन पत्रमा नगरपालिकामा भएको आर्थिक अनियमितता र भ्रष्टाचार सम्बन्धी १६ बुंदे माग अघि सारेका छन् ।
ज्ञापन पत्रमा नगरपालिकाले विना हस्ताक्षरको एक सुचना जारी गरी विगत पाँच दिनदेखी कार्यालयको सेवा ठप्प गरेको, यस वर्ष विनियोजन भएको करिब ८० करोड बजेट कसरी र कहाँ खर्च भयो त्यो सार्वजनिक नगरेको र गत वर्ष खाना, खाजा र इन्धनमा मात्रै ९ करोड खर्च गरी ब्रह्मलुट मचाएको उल्लेख गरिएको छ ।
यस्तै पत्रकार महासंघसँग कुनै सम्पर्क र समन्वय नगरी आसेपासे पाँच जना पत्रकारलाई ४०÷४५ हजार मुल्य पर्ने ल्यापटल वितरण गरी प्रति ल्यापटपको ८० हजारका दरले विल पास गरेको,कार्यकारी अधिकृत निजामती कर्मचारी हुने कानुनी ब्यवस्था विपरीत मनपरी ढंगले कार्यकारी अधिकृत नियुक्त गरी भ्रष्टाचारलाई संस्थागत गरेको ज्ञापन पत्रमा उल्लेख छ ।
यस्तै नगर प्रमुख वसन्त मिश्रले विभिन्न सल्लाहकार र कर्मचारी नियुक्तीको नाममा लाखौं रुपैया हिनामिना गरेको, विना प्रक्रिया लाखौंको सवारी साधन खरिद गरेको र विभिन्न सडक निर्माणको नाममा करौडो रुपैया निकासा गरी झवाम्प पारेको उल्लेख गर्दै ज्ञापन पत्र मार्फत उच्चस्तरीय छानवीनको माग गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालय र कंचनरुप नगरपालिकालाई समेत बोधार्थ गरिएको ज्ञापन पत्रमा नगरपालिकामा भ्रष्टाचारसँगै मनपरी तन्त्र चलेको भन्दै पाँच दलले छानवीन र दोषीमाथी कारवाही नगरिए चरणबद्ध आन्दोलनमा जाने चेतावनी समेत दिएका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ