News Category 2078/07/26
सप्तरी उवासंघमा दास र अग्रवालको सूमहले दिए उम्मेदवारी
दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक ।
सप्तरी उद्योग बाणिज्य संघको मंसिर ४ गते हुने निर्वाचनका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष शंकर दास र उद्योगि लालुप्रसाद अग्रवालले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
एघारौं शाखा अधिवेशन तथा साधारण सभाबाट गठन हुने नयाँ कार्य समितिका लागि शुक्रबार दुबै जनाले आ–आफ्नो समूह बनाएर अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्षसहित १४ पदका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा शंकर दासको समूहबाट उद्योग तर्फको उपाध्यक्षमा रामअशिष स्वर्णकार, बाणिज्य तर्फको उपाध्यक्ष गौरीशंकर साह, महासचिवमा सुरज सिंह, सचिवमा गुलामबदी उजुम खाँ, कोषाध्यक्षमा दिनेश प्रसाद साह, सहकोषाध्यक्ष निर्मल मुन्धडाले उम्मेदवारी दर्ता गराएका छन् । उक्त समूहबाट सदस्य पदका लागि संजय पुर्वे, शिवनारायण साह, प्रमोद प्रसाद साह, कृष्णदेव भगत, अशोककुमार यादव र प्रतापकुमार साहले उम्मेदवारी दर्ता गराएका छन् । सो समूहबाट महिला सदस्य पदमा साधना दासको उम्मेदवारी परेको छ ।
यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार लालुप्रसाद अग्रवाल र उनको समूहबाट उद्योग तर्फको उपाध्यक्ष दुर्गानन्द साह, बाणिज्य तर्फको उपाध्यक्ष रमेश साह, महासचिवमा अमृत संचेती, सचिव सुरेन्द्र बिमल यादव, कोषाध्यक्ष प्रमोद काबरा र सहकोषाध्यक्षमा अनिल सिंहले मनोनयन पत्र दर्ता गराएका छन् । उक्त समूहबाट सदस्य पदमा सन्तोष सिंन्हा, बिनोद साह, सचिन्द्र दास, मो. साहिर, सुरेन्द्र साह, कमल साह र महिला सदस्यमा अम्बिका दाहालले मनोननय पत्र दर्ता गराएका छन् ।
यस्तै उद्योग उपाध्यक्षतर्फ बासुदेव साह समेतले उम्मेदवारी दर्ता गराएका छन् भने सदस्यतर्फ दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका संयोजक रामकुमार यादवका अनुसार १४ पदका लागि ३३ जनाले उम्मेदवारी दिएका छन् । मंसिर ४ गते हुने निर्वाचनमा जिल्लाभरिका १ हजार ३ सय २१ जना मतदाता रहेको जानकारी दिँदै उनले उक्त दिन हुने निर्वाचनका लागि राजविराजस्थित केअमाबिको प्राङ्गणलाई निर्वाचन स्थल तोकिएको बताए ।
नयाँ निर्वाचनबाट एक जना अध्यक्ष, एक जना उधोग उपाध्यक्ष, एक जना बाणिज्य उपाध्यक्ष, एकजना महासचिव, एक जना सचिव, एक जना कोषाध्यक्ष, एक जना सहकोषाध्यक्ष, ६ जना सदस्य तथा एक जना महिला सदस्य गरि १४ जना निर्वाचित हुने प्रावधान रहेको निर्वाचन समितिका सदस्य सतिश दत्तले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ