News Category 2078/07/29
ट्याक्टर सैलुनमा छिर्दा एक महिलाको मृत्यु, चार घाइते
दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक ।
सप्तरीमा सोमबार एक ट्याक्टर अनियन्त्रित भई कपाल काट्ने सैलुनमा छिर्दा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सडक नगरपालिका ६ चकवा बस्ने ७० वर्षिया अनारदेवी पासवान रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सो नगरपालिका ७ कल्याणपुर चोकस्थित पश्चिम बस बसौनी छेउमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको स.१त. ७०१९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सैलुनमा छिर्दा पासवानको टाउको र नाकमा गम्भिर चोट लागेपछि उपचारका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको थियो ।
सोही अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
यस्तै सो दुर्घटनामा जिल्लाको लालपट्टी निवासी ४५ वर्षिय श्याम ठाकुर, ३५ वर्षिय किसुनलाल ठाकुर, राजविराज ९ मलेठ निवासी ३५ वर्षिय रबिन्द्र ठाकुर र स्थानिय ट्याक्टर चालक २३ वर्षिय अर्जुन चौधरी घाइते भएका छन् ।
घाइतेहरुलाई स्थानिय युनिभर्सल अस्पताल र बिराटनगरमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । यता प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ