News Category 2078/08/01
लक्ष्मी–मुक्ति स्मृती पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार झालाई प्रदान
दैनिक समाचारदाता
राजविराज, ३० कात्तिक ।
वरिष्ठ पत्रकार बैजनाथ झालाई लक्ष्मी–मुक्ति स्मृती पत्रकारिता पुरस्कार २०७८ प्रदान गरिएको छ ।
लक्ष्मी–मुक्ति स्मृती पत्रकारिता पुरस्कार कोषद्वारा मंगलबार आयोजित पुरस्कार बितरण समारोहमा झालाई सो पुरस्कार प्रदान गरिएको हो ।
नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा आयोजित कार्यक्रममा पुरस्कृत पत्रकार झालाई प्रमुख अतिथि पत्रकार महासंघ सप्तरीका सभापति श्रवण देवले नगद ५ हजार ५ रुँपैया प्रदान गरि दोसल्ला र कदरपत्रबाट सम्मान गरे ।
पत्रकार महासंघ सप्तरीका पूर्वसभापति तथा प्रेस स्वतन्त्रता सेनानी समेत रहेका झा पत्रकारिता क्षेत्रमा अझै क्रृयाशिल रहेको तथा समाज उत्थान र विकासमा योगदान पु¥याउँदै आएकाले उनलाई पुरस्कृत गरिएको छनौट समितिका संयोजक ब्याशशंकर उपाध्यायले बताए ।
पत्रकार महासंघका पूर्वसभापति शिवहरि भट्राईले आफ्ना आमा लक्ष्मीदेवी र बुबा मुक्तिनाथ उपाध्यायको नाउँमा अक्षय कोषको स्थापना गरि गत वर्षदेखी लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्दै आएका छन् । उक्त पुरस्कारबाट सम्मानित हुने झा दोश्रो पत्रकार हुन् । यसअघि २०७७ सालको उक्त पुरस्कारबाट सप्तरीका वरिष्ठ पत्रकार ब्याशशंकर उपाध्याय सम्मानित भएका थिए ।
कार्यक्रममा कोषका संस्थापक तथा मिडिया काउन्सील प्रदेश २ का अध्यक्ष समेत रहेका शिवहरिप्रसाद भट्राइले आगामी वर्षदेखी सो पुरस्कारको राशी ७ हजार पु¥याउने घोषणा गरे । उनले जन्म दिने आमा लक्ष्मी र कर्मक्षेत्रमा सहयोग गर्ने आमा बालकुमारीको नाम समेत जोडेर आगामी वर्षदेखी पुरस्कार राशी बृद्धि गरिने बताए ।
सो अवसरमा पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, आधिकारिक कर्मचारी युनियनका अध्यक्ष अजय झा, प्रेस काउन्सीलका पूर्व सदस्य एवं वरिष्ठ पत्रकार अनिल कुमार अनल, पत्रकार महासंघका पूर्व सभापति विष्णु मण्डल, धिरेन्द्र साह लगायतले शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ