News Category 2078/08/02
विद्यापति स्मृति पर्व धुमधामका साथ मनाइयो

दैनिक समाचारदाता
राजविराज, १ मंसिर ।
मैथिली भाषाका कवि कोकिल विद्यापतिको स्मृति एवं सम्झनामा मैथिली साहित्य परिषद सप्तरीले विविध कार्यक्रमको आयोजना गरेको छ ।
विद्यापति स्मृति पर्व समारोहको तीन दिने कार्यक्रम अन्तरगत बुधबार अन्तिम दिन झाँकी प्रर्दशन, श्रद्धाञ्जली सभा तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेको छ ।
स्थानिय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको प्राङ्गणबाट विद्यापतिको महत्व झल्कने आकर्षक झाँकीसहित निस्केको जुलुृश नगर परिक्रमा पश्चात मैथिली भवनमा पुगी श्रद्धाञ्जली सभा तथा पुरस्कार वितरण समाहरोमा परिणत भएको थियो ।
सो अवसरमा यस पटकको शिवदत्त मिश्र स्मृति पुरस्कारबाट विवेकानन्द मिश्र र विजेन्द्र विनोद स्मृति कला पुरस्कारबाट कुन्दन मण्डल “पप्पु” लाई सम्मान गरिएको छ ।
यस्तै लक्ष्मी–विवेक मैथिली पत्रकारिता पुरस्कारबाट विष्णु मण्डल र शोभा देवी स्मृति पुरस्कारबाट मन्जु श्रेष्ठलाई सम्मानित गरिएको मैथिली साहित्य परिषदका अध्यक्ष सतिस कुमार दत्तले जानकारी दिएका छन् ।
यस अघि परिषदद्वारा तीन दिवसीय कार्यक्रम अन्तरगत पहिलो दिन मिथिला अक्षर लेखन प्रतियोगिता र दोश्रो दिन साहित्यीक गोस्ठिको आयोजना गरिएको थियो ।
परिषद्का अध्यक्ष सतिश दत्तको अध्यक्षता तथा जिल्ला समन्वय समिति सप्तरीका सभापति प्रभाकर यादवको प्रमुख आतिथ्यमा आयोजित सभाका वक्ताहरुले विद्यापतिको प्रतिभा र विद्धताबारे आ–आफनो विचार ब्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ