News Category 2078/08/02
विद्यापति स्मृति पर्व धुमधामका साथ मनाइयो
दैनिक समाचारदाता
राजविराज, १ मंसिर ।
मैथिली भाषाका कवि कोकिल विद्यापतिको स्मृति एवं सम्झनामा मैथिली साहित्य परिषद सप्तरीले विविध कार्यक्रमको आयोजना गरेको छ ।
विद्यापति स्मृति पर्व समारोहको तीन दिने कार्यक्रम अन्तरगत बुधबार अन्तिम दिन झाँकी प्रर्दशन, श्रद्धाञ्जली सभा तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेको छ ।
स्थानिय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको प्राङ्गणबाट विद्यापतिको महत्व झल्कने आकर्षक झाँकीसहित निस्केको जुलुृश नगर परिक्रमा पश्चात मैथिली भवनमा पुगी श्रद्धाञ्जली सभा तथा पुरस्कार वितरण समाहरोमा परिणत भएको थियो ।
सो अवसरमा यस पटकको शिवदत्त मिश्र स्मृति पुरस्कारबाट विवेकानन्द मिश्र र विजेन्द्र विनोद स्मृति कला पुरस्कारबाट कुन्दन मण्डल “पप्पु” लाई सम्मान गरिएको छ ।
यस्तै लक्ष्मी–विवेक मैथिली पत्रकारिता पुरस्कारबाट विष्णु मण्डल र शोभा देवी स्मृति पुरस्कारबाट मन्जु श्रेष्ठलाई सम्मानित गरिएको मैथिली साहित्य परिषदका अध्यक्ष सतिस कुमार दत्तले जानकारी दिएका छन् ।
यस अघि परिषदद्वारा तीन दिवसीय कार्यक्रम अन्तरगत पहिलो दिन मिथिला अक्षर लेखन प्रतियोगिता र दोश्रो दिन साहित्यीक गोस्ठिको आयोजना गरिएको थियो ।
परिषद्का अध्यक्ष सतिश दत्तको अध्यक्षता तथा जिल्ला समन्वय समिति सप्तरीका सभापति प्रभाकर यादवको प्रमुख आतिथ्यमा आयोजित सभाका वक्ताहरुले विद्यापतिको प्रतिभा र विद्धताबारे आ–आफनो विचार ब्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ