News Category 2078/08/03
संस्थागत विद्यालयहरुमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने निर्णय
दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गतका सम्पूर्ण संस्थागत विद्यालयहरुमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने निर्णय गरिएको छ ।
गाउँपालिकाको शिक्षा शाखा प्रमुख राजेश कुमार झाको अध्यक्षतामा बुधबार सम्पन्न संस्थागत विद्यालयहरुको बैठकले सबै विद्यालयमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने निर्णय गरेको हो ।
संस्थागत विद्यालयहरुले विद्यार्थीहरुबाट लिने शुल्कमा पनि एकरुपता कायम गर्ने तथा विभिन्न परीक्षाहरु समेत एकै मितिमा सञ्चालन गर्ने निर्णय गरिएको छ ।
संस्थागत विद्यालयहरुले लिने शुल्कमा विभिन्नता भएकोले अभिभावकले ब्यहोर्न सक्ने र विद्यालय समेत मारमा नपर्ने गरी शुल्क निर्धारण गर्नका लागि शिक्षा शाखा प्रमुखको संयोजकत्वमा एउटा समिति समेत गठन गरिएको छ ।
सो समितिले सबै विद्यालयमा एकरुपता कायम गर्न नर्सरीदेखि १० कक्षासम्मको पाठ्यपुस्तक सम्बन्धमा अध्ययन गरी सूचीतयार गर्ने र त्यसमाथि वृहत छलफल गरी निर्णय गरिने शिक्षा शाखा प्रमुख राजेश कुमार झाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ