News Category 2078/08/03
कानुन व्यवसायीमाथी भएको प्रहरी दमनको बिरोधमा राजविराजका दुबै अदालतको कामकाज ठप्प

दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।
प्रधान न्यायाधीश चौलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएशनमा आवद्ध कानुन व्यवसायीमाथी भएको प्रहरी दमनको बिरोधमा राजविराजस्थित उच्च अदालत जनकपुर राजविराज इजलाश र सप्तरी जिल्ला अदालतको सेवा ठप्प पारिएको छ ।
सर्वोच्च अदालत परिसरमा आन्दोलनरत कानुन व्यवसायीमाथी भएको प्रहरी दमनको बिरोधमा राजविराज उच्च अदालत बार एशोसिएशनको बसेको आकस्मिक बैठकले दुबै अदालतको सेवा ठप्प गर्ने निर्णय गरेको हो ।
एशोसिएशनका सचिव मो. समिम अख्तर अलीका अनुसार अध्यक्ष भरत यादवको अध्यक्षतामा बसेको आकस्मिक बैठकले तोकिएको बन्दी प्रत्यक्षीकरण र थुनछेक बहस बाहेकका सम्पूर्ण पेशीहरु स्थगित गर्ने निर्णय गरेको हो ।
यस्तै शुक्रबार पनि तोकिएको बन्दी प्रतयक्षीकरण र थुनछेक बाहेकका सम्पूर्ण पेशीहरु स्थगित गर्ने निर्णय गरेको र सो बारे दुबै अदालतलाई लिखित जानकारी गराई सहयोगका लागि अनुरोध गरेको जानकारी दिए ।
“अदालत परिसरमा बारको बिरोध प्रदर्शनमा सुरक्षाकर्मीको बल प्रयोग, मानव अधिकार उल्लङघनको चरम नमूना हो” एशोसिएशनद्वारा बिहीबारै जारि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ