News Category 2078/08/08
९० वर्षिय बृद्धको घाटी रेटेर हत्या गरेको अवस्थामा शव फेला

दैनिक समाचारदाता
राजविराज, ८ मंसिर ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार दिउँसो एक ९० वर्षिय बृद्धाको घाटी रेटी हत्या गरिएको छ ।
सो गाउँपालिका ६ निवासी मिश्रि भन्ने मुक्तिलाल मण्डलको घाटी रेटेको अवस्थामा मृत शरीर फेला परेको प्रहरीले जनाएको छ ।
घरबाट करिब २ किलोमिटर टाढा रहेको झोकराहीस्थित आँप बगौचामा उनको मृत शरीर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
घटनाको खबर पाएलगत्तै डिएसी काफ्लेको नेतृत्वमा एक टोली घटनास्थलमा पुगि आवश्यक अनुसन्धान सुरु गरेको छ ।
मृतकका छोरा देवनारायणले भने, “बिहान ९ बजेतिर सखडा बजारमा चिया खान जान्छु भन्दै बुबा घरबाट निस्केका थिए, बुबाको कसैसँग कुनै दुश्मनी थिएन ।”
यता घटनाको छानबिन र हत्यारालाई अविलम्ब पक्राउ गर्न मृतकका आफन्त र गाउँलेले माग गरेका छन् । डिएसपी काफ्लेले ९० वर्षिय बृद्धको कसले र के कारणले हत्या गरेको हो भन्ने बिषयमा सुक्ष्म अनुसन्धान भइरहेको बताए ।
सप्तरीमा ४३ जनाको हत्या
सप्तरीमा अपराधिक घटनामा बृद्धि भएको एक तथ्याङ्कले देखाएको छ । प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामले दिएको तथ्याङ्क अनुसार जिल्लामा ४ वर्ष यता ३ हजार ४४ आपराधिक घटनामा भएको छ ।
प्रहरीको तथ्याङ्कमा आर्थिक वर्ष २०७४÷७५ मा ६ सय ४६, २०७५÷७६ मा ७ सय ७४, २०७६÷७७ मा ७ सय ७६ र २०७७÷७८ मा ८ सय ४४ आपराधका घटना भएको छ ।
यस्तै चार वर्षको अवधीमा ४३ जनाको हत्या भएको छ भने १ सय १६ ज्यान मार्ने उद्योग, गर्भपतनका ६, भवितब्य ज्यान ३ सय ४७, फुटकर ज्यान २० र ज्यान सम्बन्धि ७ वटा घटना भएका छन् ।
यसैगरि पछिल्लो चार वर्षमा जिल्लामा ३ सय ८५ जनाले आत्महत्या गरेको तथ्याङ्कले देखाएको छ । आ.ब. २०७४÷०७५ मा ८३ जना, ०७५÷०७६ मा ८८ जना, ०७६÷०७७ मा ९६ जना र ०७७÷०७८ मा १ सय १८ जनाले आत्महत्या गरेका २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ