News Category 2078/08/09
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
सप्तरीको सुरुङ्गा नगरपालिकामा बिहीबार भएको दुर्घटनामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाईकल चालक सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ७ बस्ने ४० वर्षिय कुमार बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ठक्करबाट गम्भिर घाइते भएको बस्नेतलाई उपचारका लागी लहानस्थित सप्तऋषी अस्पताल लगिएकोमा सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
सो नगरपालिका वडा नं ५ कुशहास्थित पुर्ब पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना.३ख. ३१४९ नम्बरको बसले सोही दिशातर्फ जादै गरेको प्रदेश २–०१–००१ प ०२९१ नं.को मोटरसाईकललाई ठक्कर दिएको हो ।
यता बस चालक फरार रहेकोले खोजबिन भइरहेको तथा बस र मोटरसाईकल ईलाका प्रहरी कार्यालय कडरवोनाको नियन्त्रणमा रहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
- 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
- 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
- 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
- 2082/04/06 युवक मृत फेला
- 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन
- 2082/04/06 भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ