News Category 2078/08/09
अनुगमन पूर्व जागरुक अभियान चलाउनु पर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
सप्तरीका उद्योगि व्यवसायीहरुले अनुगमन पूर्व जागरुक अभियान चलाउनु पर्नेमा जोड दिएका छन् ।
सातौं औं उद्योग दिवस २०७८ को अवसर घरेलु तथा साना उद्योग कार्यालयले बिहीबार राजविराजस्थित उद्योग बाणिज्य संघको सभाकक्षमा आयोजना गरेको कार्यक्रममा सहभागि उद्योगि व्यवसायीहरुले सो कुरामा जोड दिएका हुन् ।
आवश्यक जानकारी र ज्ञानको अभावमा बजार अनुमगनको क्रममा उद्योगि व्यवसायीहरुले अनावश्यक दुःख व्यहोर्नु परिरहेको उनीहरुको भनाई छ ।
कार्यक्रममा उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष लालुप्रसाद अग्रवालले यहाँका ८० प्रतिशत व्यापारी स–साना र मझौलाखालका रहेकाले त्यसमध्ये अधिकांशलाई नयाँ कर प्रणाली, पसल र उद्योग दर्ता नविकरण, ढक तराजुको नविकरण आदि लगायतका प्रक्रिया बारे खासै जानकारी नभएकोले उनीहरुलाई अनुमगन पूर्व जागरुक अभिायन आवश्यक रहेको बताए ।
अध्यक्ष अग्रवालले यस्ता समस्याको निराकरण गर्न स्थानिय प्रशासन, सरोकारवाला र उद्योग बाणिज्य संघको संयुक्त पहलमा अनुमगन पूर्व व्यवसायीहरुमा सचेतना फैलाउन जागरुक अभियान चलाउनु पर्नेमा जोड दिए ।
संघका नवनिर्वाचित महासचिव अमृत संचेतीले बजारमा अनुगमन टोली पुग्दा आवश्यक ज्ञानको अभावमा त्रसित भई केही पसलेहरु सटर बन्द गरि हिड्ने गरेकोले यस्तो अवस्था आउन नदिन उनीहरुलाई आवश्यक तालिम र ज्ञान दिई जागरुक बनाउनु पर्नेमा जोड दिए ।
घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत सन्तोष साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष अरुण प्रधान, पूर्व अध्यक्ष मनोज मुन्धडा, राष्ट्रिय उपभोक्ता मञ्चका महासचिव शत्रुघन देव, नागरिक संजालका अध्यक्ष सुखराम यादव, वडा अध्यक्ष जयनारायण मण्डल लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ