News Category 2078/08/09
अनुगमन पूर्व जागरुक अभियान चलाउनु पर्नेमा जोड

दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
सप्तरीका उद्योगि व्यवसायीहरुले अनुगमन पूर्व जागरुक अभियान चलाउनु पर्नेमा जोड दिएका छन् ।
सातौं औं उद्योग दिवस २०७८ को अवसर घरेलु तथा साना उद्योग कार्यालयले बिहीबार राजविराजस्थित उद्योग बाणिज्य संघको सभाकक्षमा आयोजना गरेको कार्यक्रममा सहभागि उद्योगि व्यवसायीहरुले सो कुरामा जोड दिएका हुन् ।
आवश्यक जानकारी र ज्ञानको अभावमा बजार अनुमगनको क्रममा उद्योगि व्यवसायीहरुले अनावश्यक दुःख व्यहोर्नु परिरहेको उनीहरुको भनाई छ ।
कार्यक्रममा उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष लालुप्रसाद अग्रवालले यहाँका ८० प्रतिशत व्यापारी स–साना र मझौलाखालका रहेकाले त्यसमध्ये अधिकांशलाई नयाँ कर प्रणाली, पसल र उद्योग दर्ता नविकरण, ढक तराजुको नविकरण आदि लगायतका प्रक्रिया बारे खासै जानकारी नभएकोले उनीहरुलाई अनुमगन पूर्व जागरुक अभिायन आवश्यक रहेको बताए ।
अध्यक्ष अग्रवालले यस्ता समस्याको निराकरण गर्न स्थानिय प्रशासन, सरोकारवाला र उद्योग बाणिज्य संघको संयुक्त पहलमा अनुमगन पूर्व व्यवसायीहरुमा सचेतना फैलाउन जागरुक अभियान चलाउनु पर्नेमा जोड दिए ।
संघका नवनिर्वाचित महासचिव अमृत संचेतीले बजारमा अनुगमन टोली पुग्दा आवश्यक ज्ञानको अभावमा त्रसित भई केही पसलेहरु सटर बन्द गरि हिड्ने गरेकोले यस्तो अवस्था आउन नदिन उनीहरुलाई आवश्यक तालिम र ज्ञान दिई जागरुक बनाउनु पर्नेमा जोड दिए ।
घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत सन्तोष साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष अरुण प्रधान, पूर्व अध्यक्ष मनोज मुन्धडा, राष्ट्रिय उपभोक्ता मञ्चका महासचिव शत्रुघन देव, नागरिक संजालका अध्यक्ष सुखराम यादव, वडा अध्यक्ष जयनारायण मण्डल लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ