News Category 2078/08/13
मंसिर १७ देखी गाउँ–गाउँ पुग्दै मतदाता नामावाली संकलन टोली
दैनिक समाचारदाता
राजबिराज, १३ मंसिर ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले मतदाता नामावली संकलनका लागि मंसिर १७ देखी जिल्लाको विभिन्न गाउँपालिका र नगरपालिकामा खटिने भएको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गर्दै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन बारे सो जानकारी दिएको हो ।
फोटोसहितको मतदाता नामावली संकलन २०७८ अन्तरगत संचालन हुने कार्यक्रम बारे जिल्ला स्तरमा सरोकारवालाहरु सँग गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले मंसिर १७ देखी गाउँ गाउँमा मतदाता नामावली संकलन गर्ने टोली परिचालन हुने बताए ।
आउँदो निर्वाचनलाई लक्षित गरि निर्वाचन कार्यालयले गाउँ गाउँमा पुगि मतदाता नामावली संकलन कार्य सुरु गरेको हो । पहिलो चरणमा मंसिर १७ देखी पुस २५ सम्म जिल्लाको सबै नगरपालिका तथा तिरहुत र अग्निसाइर कृष्णसवरण गाउँपालिकामा प्राविधिक टोली खटाएर मतदाता नामावली संकलन गरिने छ ।
यस्तै दोश्रो चरणमा पुस ४ गतेदेखी पुस २५ सम्म बाँकी रहेका अन्य सबै गाउँपालिकामा टोली पुग्ने जिल्ला निर्वाचन अधिकारी जोशीले जानकारी दिए ।
हरेक स्थानिय तहमा प्रमुख नाम दर्ता अधिकारीको नेतृत्वमा तालिम प्राप्त कर्मचारी र प्राविधिकसहितको टोली पठाएर मतदाता नामावली संकलन गर्ने तयारी गरिएको र यसका लागि आवश्यक पर्ने कर्मचारी करारमा राखिएको उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी जनार्धन गौतम, पत्रकार महासंघ सप्तरीका सभापति श्रवण देव, जसपाका केदार यादव, लोसपाका सुनिल झा, नेकपा माओवादी केन्द्रका बिनोद यादव, जनमत पार्टीका परमानन्द माली, लगायतले पनि विभिन्न सुझाव दिँदै मतदानका लागि उमेर पुगेका र योग्य मतदाताको मतदान अधिकार सुनिश्चित गर्न थालिएको मतदाता नामावली संकलन कार्यमा गाउँ गाउँ पुग्ने टोलीलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
सप्तरीमा २०७७ पुस ५ सम्ममा १ लाख ८६ हजार ९ सय ४७ पुरुष तथा १ लाख ७० हजार ८ सय ३७ गरि कुल ३ लाख ५७ हजार ७ सय ८४ मतदाता छन् । त्यसपछि हालसम्मको अवधीमा तेश्रोलिङ्गी २१ सहित राजविराज, कंचनरुप र बोदेबरसाइन नगरपालिकास्थित प्रशासन कार्यालयमा थप १७ हजार मतदाताले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ