News Category 2078/08/14
लोसपाद्वारा किसानका समस्या समाधान गर्न माग

दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले किसानको समस्या समाधान गर्न माग गर्दै मंगलबार सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई ९ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
लोसपा सप्तरी अध्यक्ष मण्डलका सदस्य अध्यक्ष सुनिल कुमार झा, केन्द्रिय नेता दिनेश यादव, दिपेन्द्र चौधरी, पुनम यादव, बिनोद यादव, बिजय यादव लगायतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापन पत्र बुझाइएको हो ।
बुझाइएको उक्त ज्ञापन पत्रमार्फत कोरोना, बाढी र बेमौसमको वर्षाले जिल्लाका किसानले ब्यापक क्षति भोग्नु परेको उल्लेख गर्दै अविलम्ब किसानलाई राहत प्रदान गर्न पहल गर्न माग गरिएको छ ।
ज्ञापनपत्र मार्फत समयमै मलखाद तथा बिउबिजन उपलब्ध गराउन, जिल्लामा कृषि उत्पादन समाग्रि भण्डारण गर्न, शित भण्डार र गोदाम घरको व्यवस्था मिलाउन, अन्न बालीमा लाग्ने रोगको प्रकोप नियन्त्रण गर्न कृषि विमामा किसानको पहुँच बढाउन, कृषि उपज बृद्धिका लागि तालिम संचालन गर्न तथा किसानलाई आवश्यक क्षतिपूर्तीको व्यवस्था मिलाउन लगायतका ९ बुँदे माग अघि सारिएको छ ।
प्रधानमन्त्रीको कार्यालय, प्रदेश २ मुख्यमन्त्रीको कार्यालय, कृषि तथा पशपंक्षि विकास मन्त्रालयसमेतलाई बोधार्थ दिइएको उक्त ज्ञापनपत्रमा किसानले समयमै मल तथा बिउबिजन नपाउँदा थप पीडामा परेको उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्रजिअ गौतमले तत्कालै सम्बन्धीत निकायमा पठाई समस्या समाधान गर्न पहल गर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ