News Category 2078/08/14
लोसपाद्वारा किसानका समस्या समाधान गर्न माग
दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले किसानको समस्या समाधान गर्न माग गर्दै मंगलबार सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई ९ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
लोसपा सप्तरी अध्यक्ष मण्डलका सदस्य अध्यक्ष सुनिल कुमार झा, केन्द्रिय नेता दिनेश यादव, दिपेन्द्र चौधरी, पुनम यादव, बिनोद यादव, बिजय यादव लगायतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापन पत्र बुझाइएको हो ।
बुझाइएको उक्त ज्ञापन पत्रमार्फत कोरोना, बाढी र बेमौसमको वर्षाले जिल्लाका किसानले ब्यापक क्षति भोग्नु परेको उल्लेख गर्दै अविलम्ब किसानलाई राहत प्रदान गर्न पहल गर्न माग गरिएको छ ।
ज्ञापनपत्र मार्फत समयमै मलखाद तथा बिउबिजन उपलब्ध गराउन, जिल्लामा कृषि उत्पादन समाग्रि भण्डारण गर्न, शित भण्डार र गोदाम घरको व्यवस्था मिलाउन, अन्न बालीमा लाग्ने रोगको प्रकोप नियन्त्रण गर्न कृषि विमामा किसानको पहुँच बढाउन, कृषि उपज बृद्धिका लागि तालिम संचालन गर्न तथा किसानलाई आवश्यक क्षतिपूर्तीको व्यवस्था मिलाउन लगायतका ९ बुँदे माग अघि सारिएको छ ।
प्रधानमन्त्रीको कार्यालय, प्रदेश २ मुख्यमन्त्रीको कार्यालय, कृषि तथा पशपंक्षि विकास मन्त्रालयसमेतलाई बोधार्थ दिइएको उक्त ज्ञापनपत्रमा किसानले समयमै मल तथा बिउबिजन नपाउँदा थप पीडामा परेको उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्रजिअ गौतमले तत्कालै सम्बन्धीत निकायमा पठाई समस्या समाधान गर्न पहल गर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ