News Category 2078/08/14
सप्तरीमा नेकपा माओवादी केन्द्रको धमाधम समानान्तर कमिटी गठन हुँदै
इन्चार्जले क्षेत्राधिकार नाघेर पार्टी बिरोधी गतिबिधी गर्दैछन् ः अध्यक्ष यादव
केन्द्र र प्रदेशको नीति निर्देशन अनुसार अधिवेशन गरिदैछ ः इन्चार्ज मण्डल
निर्वाचन समितिको रोहबरमा भएको अधिवेशन नै आधिकारीक ः प्रदेश सदस्य यादव
दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
सप्तरीमा नेकपा माओवादी केन्द्रको धमाधम समानान्तर कमिटी गठन हुँदैछ । जसकारण पार्टी भित्रको दुई पक्षबीचको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।
एक पक्षको नेतृत्व पूर्वमन्त्री समेत रहेका जिल्ला अध्यक्ष उमेश कुमार यादवले गरिरहेका छन् भने अर्को पक्षको नेतृत्व केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज अशोक कुमार मण्डल “अमर” ले गरिरहेका छन् । पार्टी भित्रको विवादका कारण पार्टीका समर्थक र स्थानिय नेता कार्यकर्ताहरु समेत अन्यौलमा परेका छन् ।
जिल्ला अध्यक्ष उमेश यादवले पार्टीको केन्द्र र प्रदेश समितिको निर्णय अनुसार गाउँ र नगर अधिवेशनमार्फत कमिटी गठन गरिएकाले सो कमिटि नै आधिकारीक रहेको दाबी गरेका छन् । उनले इन्चार्जलाई सांगठनिक अधिकार नहुने जिकिर गर्दै क्षेत्राधिकार नाघेर पार्टी बिरोधी गतिबिधी गर्नेलाई अनुशासनको कारवाही हुनु पर्ने धारणा समेत राखे ।
यता केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज मण्डलले आफूहरु पनि केन्द्र र प्रदेशको नीति निर्देशन अनुसार नै पर्यवेक्षक, निर्वाचन समितिका प्रतिनिधि र प्रदेश २ को पदाधिकारीको उपस्थितिमा गाउँ र नगरको अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरिरहेको बताए । आफूहरुद्वारा गठित समिति नै आधिकारीक र बैधानिक हुने उनको दाबी छ ।
यस्तै नेकपा माओवादी केन्द्र प्रदेश २ समितिका सदस्य महेश यादवले केन्द्रबाट अविनाश सिंहको नेतृत्वमा खटिएको निर्वाचन समितिको रोहबरमा भएको अधिवेशन नै आधिकारीक हुने उल्लखे गरेका छन् । उनले गाउँ र नगर अधिवेशनमा खटिएका प्रतिनिधिीलाई निर्वाचन समितिले दिएको पत्र र त्यसैको आधारमा गराइएको अधिवेशन नै मान्य हुने प्रस्ट पारे ।
यसैबीच सदरमुकाम राजविराजको नगर कमिटिमा अध्यक्ष यादवले केदार देवको अध्यक्षतामा नगर कमिटि गठन गरिएको छ भने केन्द्रिय सदस्य एवं इन्चार्ज मण्डलले रामगमन साहको अध्यक्षतामा राजविराज नगर कमिटि गठन गरेका छन् ।
यसैगरि यादव पक्षले हनुमाननगर कंकालिनी नगरपालिकाको नगर कमिटिको अध्यक्ष पदमा राजकुमार मण्डल, तिरहुत गाउँपालिकामा कपलेश्वर सरदार, महदेवा गाउँपालिकामा सुरेन्द्र यादव, कंचनरुप नगरपालिकामा सत्यानारायण चौधरी, विष्णुपुर गाउँपालिकामा बलराम यादव, राजगढ गाउँपालिकामा कलामुद्दिन खाँ, छिन्नमस्ता गाउँपालिकामा तेजनारायण यादव, शम्भुनाथ नगरपालिकामा अनिल भगत, खडक नगरपालिकामा जयप्रकाश चौधरी र डाक्नेश्वरी नगरपालिकामा कर्मलाल यादवको अध्यक्षतमा अधिवेशन मार्फत नयाँ कार्यसमिति गठन गरेका छन् ।
यस्तै केन्द्रिय सदस्य एवं जिल्ला इन्जार्च मण्डल पक्षधरले हनुमाननगर कंकालिनी नगरपालिकामा राहुल मण्डल, तिरहुत गाउँपालिकामा विशेश्वर यादव, महदेवा गाउँपालिकामा मनोज यादव, कंचनरुप नगरपालिकामा रामविहारी राउत, विष्णुपुर गाउँपालिकामा रामकुमार राम, राजगढ गाउँपालिकामा विशेश्वर प्रसाद यादव, छिन्नमस्ता गाउँपालिकामा जयप्रकाश यादव, बलानबिहुल गाउँपालिकामा महेन्द्र यादव, रुपनी गाउँपालिकामा सिंहेश्वर प्रसाद साह र शम्भुनाथ नगरपालिकामा गणपति साहको अध्यक्षतमा छुट्टै कार्यसमिति गठन गरेका छन् ।
यता तिलाठी कोइलाडी गाउँपालिमा भने दुबै पक्षले सर्वसम्मतीबाट मुनिलाल मुखियाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेका छन् । दुबै पक्षले एक अर्काको अधिवेशनलाई अबैधानिक भन्दै आफूहरुद्वारा गठन गरिएको समिति नै आधिकारीक र बैधानिक रहेको दाबी गरस्रिरहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ