News Category 2078/08/15
न्यूनतम ज्याला सम्बन्धि सम्वाद सम्पन्न

दैनिक समाचारदाता
राजविराज, १५ मंसिर ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा बुधवार न्युनतम ज्याला बिषयक सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
द फ्रिडम फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा डाक्नेश्वरी नगरपालिकाको नगरसभा हलमा आयोजित कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाका जनप्रतिनिधि, रोजगारदाता तथा हरवा चरवा मजदुरहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा हरवा चरवाका प्रतिनिधिहरुले अझै आफुहरुले उचित ज्याला पाउन नसकेको गुनासो गरेका छन् भने रोजगारदाताहरुले कृषिमा लगानी अनुरुपको प्रतिफल आउन नसकिरहेकाले मजदुरहरुलाई उचित ज्याला दिन नसकेको स्वीकारेका छन् ।
श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सदस्य चतुरनारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिबनारायण साह, उपप्रमुख इन्दुकुमारी यादव, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ड) का उपाध्यक्ष गायत्री पंडित, सचिव गणेश कुमार चौधरी लगायतले श्रम ऐन लागु भएपनि प्रभाबकारी कार्यान्वयन हुन नसकेकाले हरवा चरवा तथा श्रमिकहरुले अझै उचित ज्याला पाउन सक्ने अवस्था नरहेकोे बताए ।
कार्यक्रममा रोजगारदाताहरु सुर्यनारायण साह, सुरेश यादव, कामेश्वर यादव लगायतले खेती गर्न लगानी धेरै लाग्ने तर उत्पादन थोरै हुने गरेकाले चाहेरपनि कृषि मजदुरहरुलाई सरकारले निर्धारण गरे अनुसारको पारिश्रमिक दिन नसकिरहेको बताए ।
श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता नरेश सदाद्वारा सञ्चालित कार्यक्रममा कार्यक्रम संयोजक शारदा चौधरीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ