News Category 2078/08/17
महदेवाका हजरत अस्पताल परिसरमै लुटिए
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
सप्तरीको महादेवा गाउँपालिका ४ वलियाका एक व्यक्ति गजेन्द्रनारायण सिंह अस्पताल राजविराज परिसर भित्र लुटिएका छन् ।
महादेवा गाउँपालिका ४ बलियाका मो. हजरतले शुक्रबार पत्रकार सम्मेलन गर्दै गाउँका मो. आसिन मियाँ र मो. फिदा हुसेन लगायतकाले नगद तथा मोबाईल लुटपाट भएको आरोप लगाएका हुन् ।
गत बुधबार गाउँमा विवाद पश्चात् कुटपिटबाट वुवा कमुल मियाँ र दाजु जामुन मियाँ घाईते भएपछि उपचारका लागि अस्पतालमा ल्याउँदा आसिन र फिदाको समुहले अस्पताल हाताभित्र कुटपिट गर्दै लुटपाट गरेको उनले आरोप लगाए ।
चिकित्सकले औषधि लेखेको पुर्जा लिएर बाहिर आउने क्रममा उनीहरुले अचानक आक्रमण गरि नगद ६५ हजार र एक थान मोबाइल लुटेर लगेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
आसिन र फिदा लगायत १०÷१२ जनाको समुहले धारिलो हतियारसहित आक्रमण गरे, हजरतले पत्रकार सम्मेलनमा भने, “उनीहरुले कुटपिट गर्दै आफुसंग औषधि किन्न राखेको पैसा र मोबाइल लुटेर लगे” उनले थपे, आफुलाई अपहरण गर्ने मनसायले आएका उनीहरु आफू चिच्याउनु थालेपछी प्रहरी पुग्नसाथ केहि भागे केही व्यक्ति पक्राउ समेत परे ।”
आक्रमणमा संलग्न मुख्य अभियुक्तलाई प्रहरी पक्राउ गर्न नसकेकोले गाउँ घर तर्फ जान समेत नसक्ने अबस्था रहेको उनको भनाई छ । अभियुक्तहरु भर्खरै अभद्र व्यवाहार मुद्वामा पक्राउ परि रिहाई भएको बताउदै उनीहरुको आक्रमणबाट घाईते बुवा र दाजुको बिराटनगरमा उपचार भईरहेको उनले बताए ।
हजरतले अभियुक्तहरुलाई पक्राउ, शान्ति सुरक्षाको व्यवस्था, घाईते बुवा र दाजुको औषधी उपचार खर्चको ब्यबस्थाका लागि पहल गरिदिन हुन सरोकारवालाहरुलाई पत्रकार सम्मेलन मार्फत आग्रह समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ