News Category 2078/08/17
असक्तलाई सिरक प्रदान
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
चिसोबाट पीडित र शारिरीक रुपमा अशक्त विपन्न परिवारका ५० जनालाई शुक्रबार सिरक प्रदान गरिएको छ ।
राजविराजस्थित समावेशी अपाङ्ग संघ र बौद्धिक अपाङ्गता अभिभावक संघ सप्तरीले संयुक्त रुपमा ३० औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर ५० जना शारीरिक असक्तलाई सिरक बितरण गरेको हो ।
उक्त कार्यक्रममा राजबिराज नगरपालिकाको सहयोगमा १६ वटै वडाबाट आएका ५० जना अपांगता भएका ब्यक्तीहरूलाई सिरक बितरण गरिएको समाबेशी अपांग संघका अध्यक्ष सतिशचन्द्र झाले जानकारी दिए ।
समावेशी अपाङ्ग संघका अध्यक्ष सतिशचन्द्र झाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले सिरक बितरण गरेका थिए ।
कार्यक्रममा समाजिक क्षेत्रमा योगदान पु¥याए वापत नगर प्रमुख यादव, उपप्रमुख साधना झा, पत्रकार बैजनाथ झा, मनोहर पोखरेललाई आयोजकले सम्मान गरेका थिए ।
राजविराज नगरपालिकाको सहयोगमा गरिएको उक्त कार्यक्रममा बौद्धिक अपाङ्गता अभिभावक संघका अध्यक्ष जगदीश अर्यालले आर्थिक रुपले कमजोर र शारिरीक रुपमा अशक्तहरुलाई प्रत्येक वर्ष अपाङ्ग दिवसको अवसर पारेर संघद्वारा विभिन्न सहयोग र शिपमूलक कार्यक्रमहरुको आयोजना गरिदै आएको जानकारी दिए ।
यसैगरी शुक्रबारै बोदेबरसाईन नगरपालिका नगरप्रमुख आतेश कुमार यादबको उपस्थितिमा अपांगता भएका १ सय ५० जना ब्यक्तीहरूलाई कम्वल बितरण गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ