News Category 2078/08/21
सप्तरीको चार क्षेत्र मध्ये तीन वटामा काँग्रेसको संस्थापन पक्ष र एकमा संस्थापन इतर

दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत सप्तरीको चार वटा क्षेत्र मध्ये तीन वटामा संस्थापन पक्ष र एउटामा संस्थापन इतरपक्षको प्यानल विजयी भएको छ ।
मंगलवार घोषित अन्तिम मतपरिणाम अनुसार जिल्लाको क्षेत्र नं. ४ को सभापतीमा संस्थापन इतर पक्षका सिताराम साह प्यानलसहित निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधीमा समेत साह समुहकै सवै उ्रम्मेदवार निर्वाचि भए ।
काँग्रेस सप्तरीका प्रवक्ता प्रभात कुमार ललनका अनुसार क्षेत्रिय सभापतीमा साहले ३ सय ४ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्दी संस्थापन पक्षका किरण भगतले २ सय ५९ मत मात्र प्राप्त गरे ।
उक्त क्षेत्रमा संस्थापन र संस्थापन इतर पक्षबीच विवादका कारण अधिवेशन रोकिएको थियो । विवाद समाधान भएपछि सोमवार निर्वाचन गराइएको थियो ।
यता चार निर्वाचन क्षेत्र रहेको जिल्लाका तीन क्षेत्रमा यस अघि नै अधिवेशन सम्पन्न भईसकेको छ । उक्त तीन वटै क्षेत्रमा भने संस्थापन पक्षका सभापती निर्वाचित भएका छन् ।
सप्तरीको जिल्ला अधिवेशन भने केन्द्रिय महाधिवेशन पछि गरिने तय भएको जिल्ला निर्वाचन अधिकारी डा.रुद्र प्रसाद शर्माले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ