News Category 2078/08/23
श्रृंखलावद्ध रुपमा तीन जनाको हत्या गरि फरार अपराधी सात वर्षपछि पक्राउ
दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
सात वर्ष अघि श्रृंखलाबद्ध रुपमा तीन जनाको हत्या गरि फरार रहेका एक कुख्यात अपराधीलाई सप्तरी प्रहरीले मंगलबार पक्राउ गर्न सफल भएको छ ।
साविक सप्तरीको पटेर्वा गाविस हाल सुरुङ्गा नगरपालिका १० थलहा बस्ने ६० वर्षिय गुलजार मियाँलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।
छिमेकी जिल्ला सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका १ स्थित महेश्वरी टोलको एक घरमा लुकिछिपी बसेको अवस्थामा मंगलबार साँझ उनलाई पक्राउ गरि प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।
पक्राउ परेका मियाँले २०७२ बैशाख २७ गते सप्तरीको साविक जण्डौल गाविस ८ हाल अग्निसाइर कृष्णासवरण गाउँपालिका २ निवासी २४ वर्षिया दुलारीदेवी साह र २०६९ असोज १० गते साविक कल्याणपुर गाविस ८ हाल खडक नगरपालिका ३ बस्ने सहबुद मियाँ र उनका बुहारी सागिरा खातुनको हत्या गरेको प्रहरीको भनाई छ । तीनै जनाको शव गाडिएको स्थानबाट कंकालको रुपमा प्रहरीले बरामद गरेको थियो ।
घटना लगत्तै फरार भएका उनी हाल छिमेकी गाउँमा लुकिछिपि बस्दै आएको गोप्य सूचना आएपछि प्रहरीले घेरा हाली पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । हत्याका दुबै छुट्टाछुट्टै घटना पैसाका लागि गरिएको अनुसन्धानका क्रममा खुलेको छ ।
प्रहरीका अनुसार अग्निसाइर कृष्णासवरण गाउँपालिका निवासी दुलारीका पति धिरेन्द्र कर्तव्य ज्यान मुद्दाका आरोपित रही पूर्पक्षका लागि राजविराज कारागारमा रहेको बेला उनलाई कारागारबाट छुटाइदिने भन्दै गुलजारले दुलारीसँग ६ लाख मागेका थिए । दुलारीले जग्गा बिक्रि गरि ६ लाख गुलजारलाई दिएपनि गुलजारले दुलारीको हत्या गरि कुलोमा गाडेको अनुसन्धानको क्रममा पत्ता लागेको थियो । उक्त घटनाको केही दिनपछि दुलारीको कंकाल प्रहरीले सोही स्थानबाट फेला पारेको थियो ।
त्यस्तै सोही प्रकृतिको घटना पटेर्वा गाविसमा पनि भएको थियो । त्यहाका मो. आलम भन्ने व्यक्ति कर्तव्य ज्यान मुद्दामा पूर्पक्षका लागि राजविराज कारागारमा बन्दी जिवन बिताइरहेका थिए । उनलाई पनि छुट्याइदिन्छु भन्दै गुलजारले ३ लाख रुँपैया उनका बुबा सहबुदसँग मागेका थिए । गुलजारको भ्रममा परी सहबुद र बुहारी सगिरा ३ लाख रुँपैया लिएर जाँदा उनको पनि रकम लुटेर हत्या गरिएको थियो ।
यता पक्राउ परेका गुलजार छिमेकी जिल्ला सुनसरीको इनरुवामा सात वर्ष अघि भएको एक सामुहिक हत्या काण्डमा समेत सामेल भएको प्रहरीले आशंका गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ