News Category 2078/08/23
श्रृंखलावद्ध रुपमा तीन जनाको हत्या गरि फरार अपराधी सात वर्षपछि पक्राउ

दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
सात वर्ष अघि श्रृंखलाबद्ध रुपमा तीन जनाको हत्या गरि फरार रहेका एक कुख्यात अपराधीलाई सप्तरी प्रहरीले मंगलबार पक्राउ गर्न सफल भएको छ ।
साविक सप्तरीको पटेर्वा गाविस हाल सुरुङ्गा नगरपालिका १० थलहा बस्ने ६० वर्षिय गुलजार मियाँलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।
छिमेकी जिल्ला सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका १ स्थित महेश्वरी टोलको एक घरमा लुकिछिपी बसेको अवस्थामा मंगलबार साँझ उनलाई पक्राउ गरि प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।
पक्राउ परेका मियाँले २०७२ बैशाख २७ गते सप्तरीको साविक जण्डौल गाविस ८ हाल अग्निसाइर कृष्णासवरण गाउँपालिका २ निवासी २४ वर्षिया दुलारीदेवी साह र २०६९ असोज १० गते साविक कल्याणपुर गाविस ८ हाल खडक नगरपालिका ३ बस्ने सहबुद मियाँ र उनका बुहारी सागिरा खातुनको हत्या गरेको प्रहरीको भनाई छ । तीनै जनाको शव गाडिएको स्थानबाट कंकालको रुपमा प्रहरीले बरामद गरेको थियो ।
घटना लगत्तै फरार भएका उनी हाल छिमेकी गाउँमा लुकिछिपि बस्दै आएको गोप्य सूचना आएपछि प्रहरीले घेरा हाली पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । हत्याका दुबै छुट्टाछुट्टै घटना पैसाका लागि गरिएको अनुसन्धानका क्रममा खुलेको छ ।
प्रहरीका अनुसार अग्निसाइर कृष्णासवरण गाउँपालिका निवासी दुलारीका पति धिरेन्द्र कर्तव्य ज्यान मुद्दाका आरोपित रही पूर्पक्षका लागि राजविराज कारागारमा रहेको बेला उनलाई कारागारबाट छुटाइदिने भन्दै गुलजारले दुलारीसँग ६ लाख मागेका थिए । दुलारीले जग्गा बिक्रि गरि ६ लाख गुलजारलाई दिएपनि गुलजारले दुलारीको हत्या गरि कुलोमा गाडेको अनुसन्धानको क्रममा पत्ता लागेको थियो । उक्त घटनाको केही दिनपछि दुलारीको कंकाल प्रहरीले सोही स्थानबाट फेला पारेको थियो ।
त्यस्तै सोही प्रकृतिको घटना पटेर्वा गाविसमा पनि भएको थियो । त्यहाका मो. आलम भन्ने व्यक्ति कर्तव्य ज्यान मुद्दामा पूर्पक्षका लागि राजविराज कारागारमा बन्दी जिवन बिताइरहेका थिए । उनलाई पनि छुट्याइदिन्छु भन्दै गुलजारले ३ लाख रुँपैया उनका बुबा सहबुदसँग मागेका थिए । गुलजारको भ्रममा परी सहबुद र बुहारी सगिरा ३ लाख रुँपैया लिएर जाँदा उनको पनि रकम लुटेर हत्या गरिएको थियो ।
यता पक्राउ परेका गुलजार छिमेकी जिल्ला सुनसरीको इनरुवामा सात वर्ष अघि भएको एक सामुहिक हत्या काण्डमा समेत सामेल भएको प्रहरीले आशंका गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ