News Category 2078/08/23
“सिरियल किलर” गुलजार डाका र निर्मलाको हत्यामा पनि संलग्न ः प्रहरी
दैनिक समाचारदाता
राजविराज, २३ मंसिर ।
आठ वर्षअघि श्रृंखलाबद्ध रुपमा तीन जनाको हत्या गरि फरार रहेका सप्तरीको सुरुङ्गा नगरपालिका १० निवासी गुलजार मियाँ डाका र थप एक महिलाको हत्यामा पनि संलग्न रहेको खुलासा भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले घटनाको ८ वर्षपछि दुई दिनअघि मात्र पक्राउ परेका गुलजार मियाँ २०७० चैत २ गते सप्तरीको तत्कालिन त्रिकौल गाविस वडा नं. ५ हाल तिरहुत गाउँपालिका १ मा भएको डकैती तथा निर्मलादेवी साहको विभत्स हत्यामा समेत संलग्न रहेका बताएका छन् ।
“प्रहरी हिरासतमा रहेका गुलजारले उक्त घटनामा आफूसँगै सोही वडाका मो. सकिल, अल्लाउदिन र मो. मुस्तकिम भन्ने रहिस मियाँ सहभागि रहेको स्वीकार गरेका छन् ।” डिएसपी काफ्लेले भने “निर्मलाले छोरा दिपकलाई विदेश पठाउन १ लाख ५० हजार रुँपैया जम्मा गरिराखेको सुइको पाएपछि आफूहरु चार जना मिलेर रकम लुटेको र सो क्रममा निर्मलाले प्रतिकार गर्न खोज्दा छुरा प्रहार गरि हत्या गरेको उनले बयान दिएका छन् ।”
यसअघि २०६९ असोज १० गते सप्तरीको खडक नगरपालिकाका सहबुद मियाँ र उनको बुहारी सागिरा तथा २०७० साल मंसिर ६ गते अग्निसाइर कृष्णासवरण गाउँपालिकाकी दुलारी देवी साहको हत्या घटनामा गुलजारकै संलग्नता पुष्टि भइसकेको छ ।
दुईं दिनअघि छिमेकी जिल्ला सिरहाको सखुनवननकारीकट्टी गाउँपालिका १ महेश्वरी टोल स्थित एक घरमा लुकिछिपी बसेको अवस्थामा गुलजार पक्राउ परेका थिए ।
उक्त सबै हत्याका घटना पैसा लुट्नकै लागि भएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ । ती सबै घटनापछि फरार रहेका गुलजार मियाँलाई पक्राउ गर्न रेड नोटिस समेत जारि गरिएको थियो ।
यस्तै गुलजार सुनसरीको इनरुवामा भएको एउटा सामूहिक हत्याकाण्ड घटनामा समेत संलग्न रहेको जानकारी आएको र यस बारे पनि गहिरो अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ