News Category 2078/08/23
“सिरियल किलर” गुलजार डाका र निर्मलाको हत्यामा पनि संलग्न ः प्रहरी
दैनिक समाचारदाता
राजविराज, २३ मंसिर ।
आठ वर्षअघि श्रृंखलाबद्ध रुपमा तीन जनाको हत्या गरि फरार रहेका सप्तरीको सुरुङ्गा नगरपालिका १० निवासी गुलजार मियाँ डाका र थप एक महिलाको हत्यामा पनि संलग्न रहेको खुलासा भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले घटनाको ८ वर्षपछि दुई दिनअघि मात्र पक्राउ परेका गुलजार मियाँ २०७० चैत २ गते सप्तरीको तत्कालिन त्रिकौल गाविस वडा नं. ५ हाल तिरहुत गाउँपालिका १ मा भएको डकैती तथा निर्मलादेवी साहको विभत्स हत्यामा समेत संलग्न रहेका बताएका छन् ।
“प्रहरी हिरासतमा रहेका गुलजारले उक्त घटनामा आफूसँगै सोही वडाका मो. सकिल, अल्लाउदिन र मो. मुस्तकिम भन्ने रहिस मियाँ सहभागि रहेको स्वीकार गरेका छन् ।” डिएसपी काफ्लेले भने “निर्मलाले छोरा दिपकलाई विदेश पठाउन १ लाख ५० हजार रुँपैया जम्मा गरिराखेको सुइको पाएपछि आफूहरु चार जना मिलेर रकम लुटेको र सो क्रममा निर्मलाले प्रतिकार गर्न खोज्दा छुरा प्रहार गरि हत्या गरेको उनले बयान दिएका छन् ।”
यसअघि २०६९ असोज १० गते सप्तरीको खडक नगरपालिकाका सहबुद मियाँ र उनको बुहारी सागिरा तथा २०७० साल मंसिर ६ गते अग्निसाइर कृष्णासवरण गाउँपालिकाकी दुलारी देवी साहको हत्या घटनामा गुलजारकै संलग्नता पुष्टि भइसकेको छ ।
दुईं दिनअघि छिमेकी जिल्ला सिरहाको सखुनवननकारीकट्टी गाउँपालिका १ महेश्वरी टोल स्थित एक घरमा लुकिछिपी बसेको अवस्थामा गुलजार पक्राउ परेका थिए ।
उक्त सबै हत्याका घटना पैसा लुट्नकै लागि भएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ । ती सबै घटनापछि फरार रहेका गुलजार मियाँलाई पक्राउ गर्न रेड नोटिस समेत जारि गरिएको थियो ।
यस्तै गुलजार सुनसरीको इनरुवामा भएको एउटा सामूहिक हत्याकाण्ड घटनामा समेत संलग्न रहेको जानकारी आएको र यस बारे पनि गहिरो अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ