News Category 2078/08/23
सुस्त गतिमा बस पार्क निर्माण भइरहेको भन्दै नगरवासी आन्दोलित
दैनिक समाचारदाता
राजविराज, २३ मंसिर ।
निर्माण कार्य सम्पन्न गर्ने समयअवधी पुरा भइसक्दा पनि राजविराज बसपार्कको निर्माण कार्य सम्पन्न नभएको भन्दै स्थानिय आन्दोलित भएका छन् ।
निर्माण कार्यलाई सम्पन्न गर्न दवाब दिने उद्देश्यले गठित राजदेवी बस पार्क संघर्ष समितिले बिहीबार सरोकारवालालाई ज्ञापनपत्र बुझाएको छ ।
स्थानियले बिहीबार राजविराजका नगर प्रमुख शम्भुप्रसाद यादवलाई एक ज्ञापनपत्र बुझाउँदै अविलम्ब बस पार्कको निर्माण कार्य सम्पन्न नगरिए थप सशक्त आन्दोलन कार्यक्रम ल्याउने चेतावनी समेत दिएका छन् ।

संघर्ष समितिका संयोजक रामदेव यादवको अगुवाईमा जिल्ला प्रशासन कार्यालयमा समेत बुझाइएको ज्ञापनपत्रको बोदार्थ संघीय सहरी विकास आयोजना डिभिजन कार्यालयलाई समेत दिइएको छ ।
बुझाइएको ज्ञापनपत्रमा २०७७ साल पुस १८ गते भित्र राजविराजस्थित राजदेवी बस पार्क निर्माण गरिसक्ने गरि १६ करोड ३८ लाख ९६ हजार ५ सय १९ रुँपैयामा ठेक्का लिएको सिनरश्री बिल्डर्स प्राली काठमाडौंका ठेकेदारको लापरवाहीले हालसम्म काम सम्पन्न हुन नसकेको उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझाउँदै स्थानियहरुले राजविराजस्थित वडा नं. २ मा लामो समयदेखी निर्माणाधिन अवस्थामा रहेको बस पार्क तोकिएको समय अवधी भन्दा एक वर्ष नाघिसक्दा पनि सम्पन्न हुन नसकेकोमा संघर्ष समिति गठन गरि आन्दोलित भएका हुन् ।
ज्ञापन पत्रमार्फत सम्झौता अनुसारको काम अविलम्ब सम्पन्न गराउन, डिपिआर प्रमाणित नक्सा भित्र अनाधिकृत रुपमा बनाउन खोजिएको अन्य संरचनाको काम रोक्न तथा समयमै काम गर्न नसक्ने ठेकेदार कम्पनिलाई कारवाही गर्न माग समेत गरिएको छ ।
यता बस पार्क निर्माण हुन नसक्दा सवारीधनीले मुख्य बजारको सडक किनारबाटै बर्षौदेखी गाडी संचालनमा ल्याउने गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ