News Category 2078/08/23
सुस्त गतिमा बस पार्क निर्माण भइरहेको भन्दै नगरवासी आन्दोलित

दैनिक समाचारदाता
राजविराज, २३ मंसिर ।
निर्माण कार्य सम्पन्न गर्ने समयअवधी पुरा भइसक्दा पनि राजविराज बसपार्कको निर्माण कार्य सम्पन्न नभएको भन्दै स्थानिय आन्दोलित भएका छन् ।
निर्माण कार्यलाई सम्पन्न गर्न दवाब दिने उद्देश्यले गठित राजदेवी बस पार्क संघर्ष समितिले बिहीबार सरोकारवालालाई ज्ञापनपत्र बुझाएको छ ।
स्थानियले बिहीबार राजविराजका नगर प्रमुख शम्भुप्रसाद यादवलाई एक ज्ञापनपत्र बुझाउँदै अविलम्ब बस पार्कको निर्माण कार्य सम्पन्न नगरिए थप सशक्त आन्दोलन कार्यक्रम ल्याउने चेतावनी समेत दिएका छन् ।
संघर्ष समितिका संयोजक रामदेव यादवको अगुवाईमा जिल्ला प्रशासन कार्यालयमा समेत बुझाइएको ज्ञापनपत्रको बोदार्थ संघीय सहरी विकास आयोजना डिभिजन कार्यालयलाई समेत दिइएको छ ।
बुझाइएको ज्ञापनपत्रमा २०७७ साल पुस १८ गते भित्र राजविराजस्थित राजदेवी बस पार्क निर्माण गरिसक्ने गरि १६ करोड ३८ लाख ९६ हजार ५ सय १९ रुँपैयामा ठेक्का लिएको सिनरश्री बिल्डर्स प्राली काठमाडौंका ठेकेदारको लापरवाहीले हालसम्म काम सम्पन्न हुन नसकेको उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझाउँदै स्थानियहरुले राजविराजस्थित वडा नं. २ मा लामो समयदेखी निर्माणाधिन अवस्थामा रहेको बस पार्क तोकिएको समय अवधी भन्दा एक वर्ष नाघिसक्दा पनि सम्पन्न हुन नसकेकोमा संघर्ष समिति गठन गरि आन्दोलित भएका हुन् ।
ज्ञापन पत्रमार्फत सम्झौता अनुसारको काम अविलम्ब सम्पन्न गराउन, डिपिआर प्रमाणित नक्सा भित्र अनाधिकृत रुपमा बनाउन खोजिएको अन्य संरचनाको काम रोक्न तथा समयमै काम गर्न नसक्ने ठेकेदार कम्पनिलाई कारवाही गर्न माग समेत गरिएको छ ।
यता बस पार्क निर्माण हुन नसक्दा सवारीधनीले मुख्य बजारको सडक किनारबाटै बर्षौदेखी गाडी संचालनमा ल्याउने गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ