News Category 2078/08/24
कारागारमा भोकहड्ताल र नाराबाजी तीन सदस्यीय छानबिन समिति गठन
दैनिक समाचारदाता
राजबिराज, २४ मंसिर ।
राजविराज कारागारका कैदीबन्दीहरुले शुक्रबार भोकहड्तालसहित नाराबाजी गरेका छन् ।
कारागार भित्र भइरहेको अनियमितता रोक्न तथा दोषिमाथी कारवाहीको माग गर्दै कारागारका ए ब्लकका कैदीबन्दीहरु भोकहड्ताल र नाराबाजीमा उत्रिएका हुन् ।
उनीहरुले जेलर सुमन कोइराला, कार्यालय सहयोगि चन्दन यादव, नाइके बिजय यादव लगायतको सरुवाको माग समेत गरेका छन् ।
कारागार भित्र संचालित किराना पसलमा चर्को मुल्य लिएर समान बिक्रि गर्ने गरेको, भेट्न आउने आफन्तहरुसँग दुव्र्यबहार गर्ने गरेको तथा गर्ने गरेको तथा सरकारले उपलब्ध गराए अनुसारको सेवा सुविधा नदिएको भन्दै कारागारको ए ब्लकका १ सय ७९ जना कैदीबन्दी आन्दोलनमा उत्रेका हुन् ।
कारागारभित्र किराना पसलमा जेलर कोइराला, कार्यालय सहयोगि र नाइके समेतको मिलोमतोमा आफूहरुले किन्ने सामानमा चर्को मुल्य लिने गरेको कैदीबन्दीको आरोप छ । यस्तै सरकारले दिए अनुसारको सेवा सुविधा नदिएको उनीहरुको आरोप छ ।
कैदीबन्दीहरु आन्दोलन सुरु गरेपछि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी उपरिक्षक अभिनारायण काफ्ले लगायतको सहभागितामा दुई घण्टाको छलफलपछि तीन सदस्यीय छानबिन समिति गठन गरि सोको प्रतिवेदनको आधारमा दोषिमाथी कारवाही गरिने सहमतिपछि आन्दोलन स्थगित गरिएको जनाइएको छ ।
कुल १ सय २५ कैदीबन्दी राख्ने क्षमता भएको उक्त कारागारमा हाल ए, बी र महिला ब्लक गरि कुल ३ सय ५२ कैदीबन्दी राखिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ