News Category 2078/08/26
पुस १ देखी ५ सम्म विद्युत महसुल काउन्टर बन्द रहने

दैनिक समाचारदाता
राजविराज, २६ मंसिर ।
नेपाल विद्युत प्राधिकरणले देशभरका सबै विद्युत महसुल काउन्टर पुस १ देखि ५ गतेसम्म पाँच दिनका लागि बन्द गर्ने भएको छ ।
प्राधिकरणले समायोजन भएको विद्युत महसुलको बिलिङ प्रणाली मिलाउन महसुल संकलन हुने काउन्टरहरू बन्द गर्न लागेको नेपाल विद्युत प्राधिकरण बितरण शाखा राजविराजका प्रमुख मधुसुदन यादवले जानकारी दिएका छन् ।
परिवर्तित नयाँ विद्युत महसुल दरको एम–पावर बिलिङ प्रणाली लागु गर्न त्यसको अद्यावधिक गर्नु पर्ने हुँदा काउन्टरबाट दिइने सेवा अवरूद्ध हुने उनले जनाए ।
एम–पावर बिलिङ प्रणाली लागु गर्न तथ्यांकको अद्यावधिक गर्ने कार्य पूरा भएपछि ५ गतेदेखि सबै वितरण केन्द्रका महसुल काउन्टरहरूबाट नियमित सेवा सुचारु हुने प्राधिकरणले जनाएको छ ।
विद्युत नियमन आयोगको गत कात्तिक ८ गते विद्युतको महसुल दर समायोजन गरेको थियो । आयोगले सबै वर्गका ग्राहकले लाभ पाउने गरी विद्युत महसुल समायोजन गरेको थियो ।
समायोजित महसुल दर मंसिर महिनाबाट लागु भएको छ । प्राधिकरणले पुस महिनामा ग्राहकलाई समायोजन भएको दर अनुसार खपत भएको विद्युत महसुलको बिल दिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ