News Category 2078/08/27
रुपनीमा शिवशनि मन्दिरको शिलान्यास

दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
सप्तरीको रुपनी गाउँपालिका वडा नं. ४ स्थित भथौलमा सोमबार शिवशनि मन्दिरको शिलान्यास गरिएको छ ।
गाउँपालिकाको ३ लाखको लागतमा निर्माण हुन लागेको सो मन्दिरको प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह र प्रदेश २ कै आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
सो अवसरमा मन्त्री साहले प्रदेश २ का ८० प्रतिशत जनता कृषिमै निर्भर रहेकाले आफू कृषि मन्त्री हुँदाको प्रयासका कारण राजविराजमा कृषि विश्वविद्यालयको अवधाराणा ल्याएको स्पष्ट पारे ।
कार्यक्रममा आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले वर्षायाममा एम्बुलेन्स समेत पुग्न नसकिने भएकोले बाटो निर्माणका लागि पहल गरि दिन मन्त्री साह संग आग्रह गरे ।
गाउँपालिकाका अध्यक्ष हरेराम यादवले रुपनी गाउँपालिकाको वडा नं. २ पौंवा देखि वडा नं. ४ छपकी भथौल सम्मको बाटो निर्माणमा सहयोग गरिदिन मन्त्री साहसंग आग्रह गरे ।
यसैबीच मन्त्री साहले वडा नम्बर ४ स्थित आधारभूत विद्यालय छपकी भथौलको निरिक्षण पनि गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ