News Category 2078/08/27
सीप सिकेर आत्मनिर्भर बनौं ः सामाजिक विकास मन्त्री साह
दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
प्रदेश २ का समाजिक बिकास मन्त्री नवलकिशोर साहले सीप बिना जीवन सहज नहुने बताउदै सीप सिकेर आत्मनिर्भर बन्नु पर्ने बताएका छन् ।
सोमबार राजबिराजमा व्यवसायिक तथा सीप तालिम केन्द्र प्रदेश २ धनुषा, जनकपुरधामद्वारा आयोजित सिपमूलक तालिम संचालन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रममा मन्त्री साहले सो कुरा बताएका हुन् ।
उनले बैदेशिक रोजगारमा अधिकांश युवा सिप बिना बिदेश जादाँ समस्यामा पर्ने गरेकाले बिदेश जादाँ केही सीप लिएर गए जीवन सफल हुने बिश्वास ब्यक्त गरे । सप्तरी र सिरहामा सीप बिकास तालिमलाई सहज पु¥याउन प्राबिधिक तालिम केन्द्रको स्थापना गर्नुपर्नेमा उनले जोड समेत दिए ।
सिरहा र सप्तरीमा रोजगार अभिबृद्वि श्रृजना गरेर प्रदेशमा रोजगारको समस्या सामाधान गर्नका लागि सीपमूलक तालिम केन्द्र कार्यालयको स्थापना गर्न स्थानिय तहले प्रदेश सरकारसँग माँग गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य मनिष कुमार सुमनले सिरहा र सप्तरीका अधिकांश युवाहरू बिना सीप बिदेश जाने गरेकाले उनीहरूलाई आत्मनिर्भर सँगै समाजप्रति उत्तरदायी बनाउन सीप तालिम केन्द्रको स्थापना गर्नुपर्नेमा जोड दिए ।
उक्त अवसरमा सामाजिक बिकास मंन्त्रालयका सचिव भिम नारायण श्रेष्ठले आर्धिक बिकासको आधार सीपमूलक ब्यवसाय रहेकोले प्राबिधिक शिक्षा तालिमले स्वरोजगार सँग आत्मनिर्भर बनाउनेमा जोड दिनु पर्ने बताए ।
प्राबिधिक सीप तर्फ युवाहरूको रुचि बढी देखिएकोले बेरोजगारी, गरिबी, बैदेशिक रोजगार र कोभिडको समस्यालाई न्यून गर्न सीप तालिमले ठुलो टेवा पुग्ने उनको भनाई थियो ।
सामाजिक बिकास मंन्त्रालयका सचिव भिम नारायण श्रेष्ठको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेश सभा सदस्य नेत्रबिक्रम साह, राजबिराज नगरपालिका नगरप्रमुख शम्भु प्रसाद यादब, सीप तालिम केन्द्रका प्रमुख तुलसी राम घिमिरे, सीप बिकास शाखा प्रमुख शिव घिमिरे लगायतले सिरहा र सप्तरीमा तालिम केन्द्र कार्यालयको स्थापना गर्नुपर्नेमा आ–आप्mनो सुझाव दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ