News Category 2078/08/29
समुन्नती कार्यक्रम खडक र सुरूङ्गाका बालवालिकाका लागि लाभदायि बन्दै
दैनिक समाचारदाता
राजविराज, २९ मंसिर ।
समुन्नती÷लैंङ्गिक केन्द्रित कार्यक्रम÷घरमा सुरक्षित सिकाई परियोजना कार्यक्रम संचालनमा आएपछि सप्तरीको खडक र सुरूङ्गाका बालवालिकाका लागि लाभदायिक बन्दै गएको छ ।
खडक नगरपालिका वडा ९ स्थित बजराही गुठ्ठीको बिद्यालयमा नयाँ कोठा, चर्पि तथा अशक्तको लागि ¥याम्प निर्माण गरिदिएपछि बिद्यार्थीहरू उत्साहित भएका छन् ।
बिद्यालयका प्रअ रामअशिष चौधरीले सबल नेपालले बिद्यालयको शौचालय मर्मत, कक्षा कोठा तथा रंगरोघन, अशक्त बिद्यार्थीका लागि ¥याम्प निर्माण, हात धुने ठाउको निर्माण गरेको हो । उक्त कार्यका लागि ६ लाख ८४ हजार ४ सय ६४ रकम खर्चिएको हो ।
यसैगरी सुरूङ्गां नगरपालिका ८ धाती टोलका बालवालिकाहरु शिक्षावाट बन्चित भएको अबस्थामा उनीहरूको अभिभावकलाई सीपमुलक तालिम दिई स्वरोजगार बनाएको छ । बालवालिकाहरूलाई शिक्षामा आर्थिक सहयोग पुगेपछि उनीहरू खुशी भएका छन ।
यसैगरी खडक नगरपालिका ८ स्थित बाल संरक्षण समितिले बाल विवाह, बाल सहभागिता तथा बालशिक्षा, बालमैत्री चर्पि लगायत सवालमा वकालत गर्न थालेपछि यहाँ दुई वटा बालबिवाह रोकिएको सबल नेपाल नेपाल फिल्ड अधिकृत सुष्मा साहले जानकारी दिइन् ।
बुधवार सबल नेपालले ती दुबै स्थानमा समुन्नती कार्यक्रम अन्तर्गत बिद्यालय, स्वास्थ संस्था र बाल संरक्षण समितिको क्रियाकलापको निरिक्षण गराएको छ ।
अनुगमन टोलीले खडक नगरपालिका वडा १० स्थित स्वास्थ चौकीमा चर्पि निर्माण, बर्थिङ सेन्टरमा टायल जडान, पिथ निर्माणका लागी १ लाख ४७ हजार १ सय १६ रूपैया बरावर सहयोग गरिएको संरचनाको निरक्षण गरिएको अनुगमन टोलीका सदस्य तथा जनस्वास्थ अधिकृत राजनारायण ठाकुरले बताए ।
यसैगरी खडक नगरपालिका ८ स्थित बाल संरक्षण समितिको क्रियाकलाप, स्थानिय सरकारसँग सहयोग र समन्वय तथा अगामी योजना बारेमा वडा बाल संरचना समितिको सदस्यहरू सँग छलफल गरिएको सबल नेपाल नेपाल फिल्ड अधिकृत सुष्मा साहले जानकारी गराइन् ।
सुरूङ्गा नगरपालिका ७ पोखरियामा सुरक्षित सिकाई परियोजना अन्तर्गत बच्चाका लागि घरमै ब्यबस्था गरिएको मिनी पुस्तकालय अवलोकन गरिएको सुरूङां नगर शिक्षा संयोजक भोगेन्द्र यादबले बताए । सबल नेपालले सुरूङ्गा नगरपालिका ५ कुशहामा लैंगिक केन्द्रित परियोजना अन्तर्गत निर्माण गरिएको किसोरी मैत्री चर्पी निर्माण गरेको छ ।
समुन्नती कार्यक्रमले खडक र सुरूङ्गा नगरपालिकाको मातृ शिशु स्वास्थ तथा सुधार, बालवालिकाका लागि प्रारम्भिक बाल स्याहार तथा पोषण, बिद्यालय स्वास्थ तथा पोषण, जिवीकोपार्जन, किशोरकिशोरी बिकास तथा किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ क्षेत्रमा कार्य गर्दै आएको सबल नेपाल कार्यक्रम संयोजक नन्दकिशोर चौधरीले बताए ।
लैंगिङ्क केन्द्रित परियोजना अन्तर्गत लैंगिक विभेद न्युनिकरण, किशोरी शिक्षा, तथा मुद्वा, हानिकारक समाजिक मूल्य मान्यता न्युनिकरण गर्न क्रियाकलाप गर्दै आएको छ ।
समीक्षा बैठकमा खडक नगरपालिका उपप्रमुख यासमिन सुल्तानले खडक र सुरूङ्गा नगरपालिकामा स्वास्थ र शिक्षा सुधार ल्याउन सबै आ–आफनो ठाउँवाट सहयोग गरे मात्र समुन्नत समाज निर्माण हुने बिश्वास ब्यक्त गरिन ।
सो अवसरमा जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख बिजय मण्डल, जिल्ला समन्वय अधिकृत दिलिप साह, सबल नेपालका अध्यक्ष जुना गिरी, वडा ६ का अध्यक्ष भगवती चौधरी, वडा ८ मोहम्मद ईसराईल, वडा १० का अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, खडक नगरपालिका शिक्षा संयोजक बिरेन्द्र कुमार यादब, सुरूङ्गा नगर शिक्षा संयोजक भोगेन्द्र यादब, खडक नगरपालिका ईन्जिनियर महिनारायण चौधरी, सेभद चिल्ड्रेनका परियोजना संयोजक ईन्द्र बहादुर हायु, कान्ति खडका, सबल नेपालका कार्यक्रम संयोजक नन्दकिशोर चौधरी, कार्यक्रम अधिकृत रोशन मण्डल, खडक नारायण चौधरी, नीर बहादुर आले, राधेश्याम राम, फिल्ड अधिकृत मासुका चौधरी लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ