News Category 2078/08/29
मलखाद्य उपलब्ध गराउन माग गर्दै किसानहरुद्वारा प्रशासन कार्यालय घेराउ

दैनिक समाचारदाता
राजविराज, २९ मंसिर ।
मलखाद्य नपाएको भन्दै सप्तरीका किसानहरुले बुधबार जिल्ला प्रशसन कार्यालय घेराउ गरेका छन् ।
मलखाद्यको अभावमा लगाइएको बाली समेत नष्ट भइरहेको भन्दै मलखाद्य उपलब्ध गराउन माग गर्दै उनीहरुले राजविराजमा प्रदर्शन गर्दै प्रशासन कार्यालय घेराउ गरेका हुन् ।
प्रदर्शनका क्रममा किसानहरुले बुधबार दिउँसो राजविराजस्थित गजेन्द्र चौक, जनआन्दोलन चौक लगायतमा टायर बालेर आक्रोस जनाए । मलखाद्य नपाउँदा आक्रोसित बनेका किसानहरुले जिल्ला प्रहरी कार्यालय समेत घेराउ गर्न पुगेका थिए ।
एक सातादेखी गाउँपालिका तथा सदरमुकाम राजविराज दिनहुँ जसो धाउँदा पनि मलखाद नपाउँदा किसानहरु स्वस्फुर्त आन्दोलित भएका हुन् ।
कृषि सामाग्रि संस्थानको डिपोहरुमा समेत बिहानै देखी लाम लाग्दा पनि मलखाद पाउन नसकेको र रित्तै फर्कनु परेको उनीहरुको दुःखेसो पोखेका छन् ।
यसैबीच किसानहरु अन्दोलनमा उत्रेपछि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बुधबारै किसानका प्रतिनिधिहरुसँग वार्ता गरि अविलम्ब समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उनले माग अनुसारको मलखाद आपूर्ती हुन नसक्दा समस्या भएको बताए ।
तत्काल ३५ हजार बोरा मलखाद्य आवश्यक देखिएकोमा ७ हजार ८ सय ३० बोरा मात्र उपलब्ध हुँदा समस्या देखिएको कृषि सामाग्रि संस्थानका डिपो इन्चार्जहरुले बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ