News Category 2078/09/01
स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न

दैनिक समाचारदाता
राजविराज, १ पुस ।
राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा स्थापनाकालदेखि नै प्राध्यापन पेशामा संलग्न रहेका दुई प्राध्यापकहरुको स्मरण गर्दै विहिवार राजविराजमा श्रद्धाञ्जली सभा गरिएको छ ।
स्व. प्राध्यापक त्रिपुरारी शरणको दोश्रो स्मृति दिवस र स्व. प्रा.उमेश नारायण श्रीवास्तवको १६ औंं दिनको पुण्यतिथिमा सो श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।
आयोजित श्रद्धाञ्जली सभामा पूर्व क्याम्पस प्रमुख अमरकान्त झाले स्व. शरण आफ्नो पेशाप्रति पूर्णसन्तुष्ट रहेका र उनी हाम्रा अभिभावक समेत रहेको तथा श्रीवास्तव जस्ता भारतीय शिक्षकहरुले नेपालको शिक्षा क्षेत्रमा विशिष्ट योगदान दिएको स्मरण गरे ।
सभामा प्रा.डा. पिताम्वरलाल यादव स्व. प्राध्यापकद्वय आदर्श शिक्षक र आदर्श व्यक्तित्वको धनी तथा वहुप्रतिभाशाली व्यक्तित्व रहेको चर्चा गर्दै उहाँहरुको निधनले शिक्षा क्षेत्रलाई अपूर्णीय क्षति भएको उल्लेख गरे ।
पूर्व शिक्षक खेलानन्द झाले प्रेरणका श्रोत रहेका स्व. प्राध्यापकद्वय अनुशासन, कर्तव्यपरायण, आपसी सम्बन्ध बलियो भएका व्यक्तित्व रहेको चर्चा गरे । सोही अवसरमा बरिष्ठ पत्रकार अनिल कुमार अनलले स्व. उमेश बाबुको बारेमा स्व. शरणजीले लेख्नु भएको लेख पढेर सुनाउदै स्वर्गीय प्राध्यापकद्वयको उत्कृष्ट विचार र व्यवहार बारे चर्चा गरे ।
अधिवतmा वौद्धकृष्ण भगतको अध्यक्षता तथा प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झाद्वारा संचालित श्रद्धाञ्जली सभामा प्रा. सुशिल कर्ण, अजय कुमार झा, हितनारायण लाल दासलगायतका वक्ताहरुले स्व. प्राध्यापकद्वयको व्यक्तित्व बारे चर्चा गरेका थिए ।
प्राध्यापक शरणको १६ डिसम्वर २०१९ मा ८१ बर्षको उमेरमा तथा प्राध्यापक श्रीवास्तवको १ डिसम्वर २०२१ मा ९२ वर्षको उमेरमा निधन भएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/09 सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान
- 2082/02/09 बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
- 2082/02/09 लागुऔषध गाजासहित एक पक्राउ
- 2082/02/09 काँग्रेस नेतृ साहको निधन
- 2082/02/08 राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
- 2082/02/08 हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
- 2082/02/08 रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
- 2082/02/08 लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
- 2082/02/08 सांसद साहद्वारा अस्पतालको निरिक्षण
- 2082/02/08 सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ