News Category 2078/09/02
न्यानो कपडा, दाउराको प्रबन्धसँगै सुचनाको पहुँच पु¥याउन आग्रह
दैनिक समाचारदाता
राजविराज, २ पुस ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सितलहरको समयमा स्थानिय तहले न्यानो कपडा, दाउराको प्रबन्धका साथै समुदायमा सुचनाको पहुँच पु¥याए मानविय क्षति कम हुने बताएका छन् ।
कोशी पीडित समाजको आयोजना तथा डब्लुएफपिएको सहयोगमा शुक्रबार बिपद पूर्व तयारी र अग्रिम कार्य वारेमा संवाद कार्यक्रममा सरोकारवालाहरू सँग सो कुरा बताएका हुन् ।
सितलहरका कारण बर्षनी दर्जनौ मानिसहरूको मृत्यु हुने गरेकाले स्थानिय निकायले बिपन्न, गरिव घरधुरीलाई पहिचान गरि सिरक, कम्बल र दाउराको प्रबन्ध मिलाउन स्थानिय जनप्रतिनिधिलाई आग्रह पनि गरे ।
बिपद जोखिम न्युनिकरणका लागि बैठकलाई निरन्तरता दिनु आबश्यक देखिएकोले यसका लागि तत्काल प्रतिकार्य गर्न संयन्त्रहरू सबल हुन जरुरी रहेको र सामाजिक संघसंस्थाको ¥यापिड रेस्पोन्स डेस्क खडा गर्न पर्ने उनले औल्याए ।
प्रजिअ गौतमले भने, “संकटको बेला सूचना पाए मात्र राहत कहाँ कहाँ बितरण गर्ने थाहा हुन्छ, तर विपद्को अवस्था आउन नदिन तथा नियन्त्रण र जोखिमबाट कसरी बच्ने र उद्धार गर्ने भन्ने सहकार्य गर्न अति आवश्यक रहेको छ ।”
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादब, तिलाठी कोईलाडी गाउपालिकाका अध्यक्ष सतिश कुमार सिँह, राजगढ गाउपालिका अध्यक्ष प्रमानन्द यादब, सप्तरीका प्रहरी प्रमुख अभिनारायण काफ्ले, स्वास्थ कार्यालयका प्रमुख दुनियालाल यादब, शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख बिजय मण्डल, रेडक्रसका अध्यक्ष जोगेन्द्र भगत, डब्लुएफपिएका नितेश श्रेष्ठ, प्रदेश २ का कृष्ण माझी, नेपाल पत्रकार महासंघका सहसचिव चन्दनकुमार यादब, पत्रकार परिष कर्ण लगायत स्थानिय तहका प्रतिनिधिहरू उपस्थिति रहेको थियो ।
कोशी पीडित समाजले तिलाठी कोईलाडी, राजगढ गाउपालिका, हनुमाननगर कंकालनी नगरपालिका र छिन्नमस्ता गाउपालिका बिपद जोखिम न्युनिकरण सम्बन्धी प्रतिकार्य गर्दै आएको केभिएसका प्रविण यादबले जानकारी दिएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ