News Category 2078/09/02
स्वास्थ बिकासका लागि शहरी सरसफाई तथा स्वच्छता सम्बन्धी तालिम सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २ पुस ।
स्वास्थ विकासका लागि शहरी सरसफाइ तथा स्वच्छता कार्यक्रम अन्तरगत खडक नगरपालिकामा सरसफाइकर्मीहरुलाई दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी दुई दिने तालिमको आयोजना गरिएको छ ।
एसएनभी नेपालको सहयोग एवं खडक नगरपालीकाको समन्वयमा सबल नेपालद्धारा दिसा जन्य लेदो सुरक्षित साथ विर्सजन तथा व्यवस्थापन गर्ने उद्देश्यले संचालन गरिएको प्रशिक्षक एसएनभी नेपालका कृष्ण जिसिले बताए ।
चर्पी सफा गर्दा व्यक्तिगत सुरक्षालाई ध्यान दिने र सुरक्षाका सामाग्रीहरु मास्क, चश्मा, पिपिई सेट, गमबुट, पञ्जा लगाएर सफा गर्ने जनाइएको छ ।
विभिन्न प्रकारका सरुवा रोगहरुको प्रमुख कारण दिसा नै भएको र दिसाजन्य लेदो व्यवस्थापन सुरक्षित तरिकाले गरियो भने आफु अनि आप्mनो समाजलाई सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा सहजिकरण गरिएको सबल नेपालका कार्यक्रम संयोजक प्रमेश्वर झाले जानकारी दिए ।
कार्यक्रमले दिगो सरसफाइका लागि समुदायको बानी व्यवहार परिवर्तनका लागि विभिन्न अभियानहरु संञ्चालन गर्दे आईरहेको एवं दिसाजन्य लेदो व्यवस्थापनका लागि नगरपालिकामा स्थायी ट्रेन्च निर्माण गरिएको छ भने नगरपालिकाले सेप्mटी ट्याक सञ्चालनमा ल्याएको झाले बताए ।
हाल शौचालयको प्रयोग बढ्दै गएको छ र यसको सरसफाइको महत्व झनै बढेको परिपेक्षमा यस तालिमले सहयोग पुग्ने विश्वास लिएको झाले जिकिर गरे ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुन्दन कुमार कर्णले आगमी दिनमा सरसफाइ र स्वच्छताको सुधारका लागि नीति नियम निर्माण तथा कार्यन्वयन गर्ने प्रतिबद्धता जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ