News Category 2078/09/02
प्रदेश सरकारद्वारा कृषि विश्वविद्यालयको तयारीका लागि ३१ करोड अनुदान
दैनिक समाचारदाता
राजविराज, २ पुस ।
प्रदेश २ सरकारले अध्यादेशमार्फत स्थापना गरेको प्रदेश कृषि विश्वविद्यालयको तयारीका लागि ३१ करोड रुपैयाँ अनुदान दिन निर्णय गरेको छ ।
बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सप्तरीमा स्थापना गर्न लागेको कृषि विश्वविद्यालयको तयारीका लागि ३१ करोड रुपैयाँ दिने निर्णय गरेको प्रदेश २ सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए । उक्त रकम विश्वविद्यालयको भौतिक पूर्वाधार विकासका लागि खर्च गरिने उनले बताए ।
यस्तै प्रदेशमा रहेका सबै जिल्ला अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने निर्णयसमेत प्रदेश मन्त्रिपरिषद बैठकले गरेको उनले जानकारी दिए ।
मन्त्रिपरिषद्ले बेटी पढाउ बेटी बचाउ अभियान सञ्चालनको जिम्मा पाएको समाजिक विकास मन्त्रालयले तयार गरेको कार्यविधिलाई परिमार्जनसहित पारित गरेको छ भने बन्द रहेको छोरी बिमा अभियानलाई पुनः संचालन गर्ने निर्णय गरेको छ ।
उक्त विश्वविद्यालयको कार्यालय उद्घाटन सप्तरी सदरमुकाम राजविराजमा सोमबार एक कार्यक्रमबीच जसपाका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए । सो अवसरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पनि उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
- 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
- 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
- 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
- 2082/04/06 युवक मृत फेला
- 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन
- 2082/04/06 भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ