News Category 2078/09/03
अन्तराष्ट्रिय आप्रवासन दिवसमा रक्तदान तथा मैनबत्ति प्रज्ववलन

राजविराज÷अन्तराष्ट्रिय आप्रवासन दिवस २०२१ को अवसरमा शनिबार रक्तदान तथा मैनबत्ति प्रज्ववलन गरि मनाइएको छ ।
सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजविराजको आयोजनामा “सीपमूलक र सुरक्षित रोजगार, मर्यादित आप्रबासनको मुलआधर” भन्ने मूल नाराका साथ सप्ताहब्यापी रुपमा सो दिवस मनाइएको हो ।
राजविराजस्थित रक्तसंचार केन्द्रमा १० जनाले रक्तदान गरेको संस्थामा संचालित सामी परियोजनाका कार्यक्रम संयोजक राजेन्द्र यादवले जानकारी दिए ।
सोही दिवसको अवसरमा शनिबारै साँझ राजविराजस्थित गजेन्द्र चौकमा मैनवत्ति प्रज्ववलन गरिएको उनले बताए । सो अवसरमा सुरक्षित बैदेशिक रोजगारका लागि सीप सिकेर जानु पर्नेमा उपस्थित वक्ताहरुले बताए । संस्थाका टिम लिडर भुपेश कुमार भुप, प्रदेश स्तरीय आप्रवासी हकहित संजाल प्रदेश नम्बर २ का अध्यक्ष जितेन्द्र सिन्हा, राजविराज नगरपालिकाका रोजगार संयोजक ज्योतिष यादव र संस्थाका कावा अध्यक्ष मिथिलेश कुमार यादवले मन्तव्य राखेका थिए ।
यसअघि शुक्रबार सोह दिवसको अवसरमा रुपनी गाउँपालिका वडा नम्बर ६ विरेन्द्र बजार, शम्भुनाथ नगरपालिका, कंचनरुप नगरपालिका र राजगढ गाउँपालिकामा समेत दीप प्रज्जवलन गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ