News Category 2078/09/03
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह
राजविराज÷प्रदेश २ का समाजिक बिकास मन्त्री नवलकिशोर साहले निजि बिद्यालयले शिक्षामा पु¥याएको योगदानको प्रशंसा गर्दै निजि बिद्यालय र सामुदायिक बिद्यालयमा भएको बेथितिलाई हटाउन हरसम्भव प्रयास गरिने बताएका छन् ।
राजबिराजमा शनिबार सम्पन्न प्याब्सन सप्तरीको १५ औं जिल्ला अधिवेशनमा बोल्दै मन्त्री साहले निजी र सामुदायिक बिद्यालयलाई राज्यले हेर्ने फरक–फरक दृष्टिकोण र बिभेदका कारण शिक्षामा बेथिति बढेको जिकिर गरे ।
मन्त्री साहले संघिय सरकारले प्रदेश २ लाई हेर्ने दृष्टिकोण सँगै निजि बिद्यालयलाई हेर्ने नीति र नियतका कारण शिक्षामा बिकास हुन नसकेको गुनासो गरे ।
प्याब्सनका प्रमुख सल्लाहकार डा. पंचदेव यादबले शिक्षाप्रति सरकारको उदासिनताका कारण शिक्षाको स्तर घट्दै गएकोले शिक्षा नीति सुधार गरे मात्र शिक्षाको बेथिति हट्ने बताए ।
कार्यक्रममा शिक्षाकर्मी दिनेश यादबले बिग्रेको शिक्षा, बिग्रेका शिक्षकबाट समृद्वि शिक्षा बन्न नसक्ने बताउदै यस्तो शिक्षाबाट उत्कृष्ट नागरिक उत्पादन नहुने जिकिर गरे ।
कार्यक्रममा ईन्सेक प्रतिनिधि मनोहर पोखरेलले तिनै तहको सरकार आएपनि शिक्षाको बेथिति यथावतै रहेको उल्लेख गरे ।
शिक्षक महासंघ सप्तरी अध्यक्ष दिनेश प्रसाद यादबले सामुदायिक बिद्यालय सरह निजी शिक्षकलाई पनि तालिमको व्यवस्था मिलाउनु पर्नेमा जोड दिए । शिक्षक सिकाईलाई स्थानिय निकायले सामुदायिक र निजी बिद्यालयका शिक्षक र शिक्षिकालाई स्थानिय स्तरमा शिक्षण सिकाई उपलब्ध गराउनु पर्ने माग गरे ।
प्याब्सनका अध्यक्ष देवानन्द चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्याब्सनका सल्लाहाकार डा. कमान्नद देव, संस्थापक अध्यक्ष पुष्प सिटौला, पुर्व अध्यक्ष अनिल झा, प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, युवा नेता शमभु यादब, एनप्याब्सन अध्यक्ष नरेश प्रताप साह लगायतले शुभकामना मन्तब्य दिएका थिए भने कार्यक्रम संचालन सचिव संजय शर्माले गरेका थिए ।
यसैगरी मन्त्री साहले राजबिराज २ स्थित प्याब्सन सप्तरी कार्यालयको जग्गा दाता स्व रबिलाल चौधरीको प्रतिमाको अनावरण गरे । प्याब्सनका पुर्व अध्यक्ष डा पंचदेव यादब, डा कमान्नद देव तथा आजिवन सदस्यलाई मन्त्री साहले दोसल्ला र कदर पत्रबाट सम्मान समेत गरे ।
यता प्याब्सन सप्तरीको नयाँ नेतृत्वका लागि अध्यक्ष र सहकोषाध्यक्ष पदमा बन्द सत्रवाट सहमति नभएमा शनिबारै दुई पदको लागि चुनाव हुने प्याब्सनका सचिव संजय शर्माले जानकारी दिए ।
यस अघि अध्यक्ष र कोषाध्यक्ष पद वाहेक अन्य सबै पदमा सर्वसम्मति भईसकेको निर्वाचन समितिका संयोजक बिजयानन्द झाले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ