News Category 2078/09/04
पुस्तौदेखी गृहत खट्दा समेत ऋण नसकिएको भन्दै सरोकारवालालाई ध्यानाकर्षण
दैनिक समाचारदाता
राजविराज, ४ पुस ।
हरवाचरवा अधिकार मञ्च सप्तरीले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा हरवारचवाहरुले पुस्तौदेखी गृहत खट्दा पनि ऋण नसकिएको भन्दै यसका लागि पहल गरिदिन सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।
हरवाचरवा अधिकार मञ्चका राष्ट्रिय महासचिव नागेन्द्र सदाले भूमिहीन भएका कारण जग्गाधनीको घरमा हरवाचरवा बसेकाहरु उल्टै ऋणमा डुबेको बताए । उनले त्यसलाई भुक्तान गर्ने क्रममा अर्को पुस्ताले पनि हरवाचरवाकै काममा खट्नु परिरहेको दुखेसो सुनाए ।
सोही कार्यक्रममा श्रीपूर्राज समुदायिक विकास केन्द्रका टिम लिडर बिनोदानन्द चौधरीले हरवाचरवाका बालबालिालाई निशुल्क गुणस्तरिय शिक्षाको व्यवस्था र परिवारजनलाई रोजगारी उपलब्ध गराउनु पर्ने माग गरे ।
हरवाचरवा अधिकार मञ्च सप्तरीको आयोजना तथा द फ्रिडम फण्ड, दलित चेतना संगम र श्रीपूरार्ज सामुदायिक विकास केन्द्रको सहयोगमा आयोजित कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साह, कानुन व्यवसायी शेखर खंग, काँग्रेसकी सरवेश्वरी झा, जसपा शम्भु यादव, लोसपाका महिनारायण यादव, नेकपा एमालेका अखिलेश झा, गैससकी रिया सन्चेती, श्यामकान्त चौधरी, भूमिअधिकार मञ्चका सुरैत सदा, दलित चेतना संगमका कार्यकारी निर्देशक गणेश राम लगायतले हरवाचरवाको समस्यालाई गम्भिरताका साथ लिदै यसका समाधानका लागि आफ्नो क्षेत्रबाट पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ