News Category 2078/09/04
कारोना संक्रमित बढ्दै गएको भन्दै सर्तकता अपनाउन आग्रह
दैनिक समाचारदाता
जनकपुरधाम, ४ पुस ।
प्रदेश २ मा स्थिर रहेको कोरोना संक्रमण दर पुनःबढ्न थालेपछि स्वास्थ्य कार्यालयले सर्तकता अपनाउन आग्रह गरेको छ ।
मंसिर अन्तिम सातासम्म संक्रमण दर घट्दै गएकामा अहिले पुनःबढ्न थालेको जनाउँदै सर्तकता अपनाउन आग्रह गरिएको हो ।
प्रदेश २ स्वास्थ्य निर्देशनालयका अनुसार विगत एक साताको अवधिमा सङ्क्रमितको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको छ । नयाँ सङ्क्रमित थपिएकामध्ये अधिकांश धनुषाकै रहेको निर्देशनालयले जनाएको छ ।
गत मङ्सिर १८ गते प्रदेशमा ३४ कोरोना सङ्क्रमित रहेकामा यही पुसको ३ गतेसम्ममा सङ्क्रमितको संख्या ६५ पुगेको स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिएका छन् ।
ती मध्ये ६२ होम आइसोलेशनमा रहेका छन् भने तीन चिकित्सकको निगरानीमा छन् । प्रदेशमा ६५ कोरोना सङ्क्रमित रहेकामा धनुषामा मात्र ३५ सक्रिय सङ्क्रमित छन् ।
त्यस्तै महोत्तरीमा १६, सिरहामा पाँच, सर्लाहीमा तीन, पर्सामा चार, सप्तरीमा एक र बारामा एक जना कोरोनाको सक्रिय सङ्क्रमित रहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ