News Category 2078/09/07
राजविराजमा ट्राफिक प्रहरीको आक्रमक व्यवहार, सर्वसाधारणलाई दुःख दिइरहदा पनि सञ्चारकर्मीलाई तस्बिर खिच्न रोक

नवीनकुमार गुप्ता
राजविराज, ७ पुस ।
प्रहरीलाई नागरिकमैत्री बनाउनकालागि नेपाल प्रहरीले ‘मुस्कानसहितको प्रहरी सेवा’ सुरु गरेको वर्षौ भइसक्दा पनि अझैं कार्यान्वयनमा आएको छैन् । ‘मुस्कानसहितको प्रहरी सेवा’ मात्रै होइन्, नेपाल प्रहरीले ‘प्रहरी मेरो साथी’ लगायतका नारा पनि नागरिकमैत्री बन्नैका लागि ल्याएको हो । तर, ती सबै नाराहरु नेपाल प्रहरी मातहतमै रहेको ट्राफिक प्रहरीले कागजमै सीमित राखेको गुनासो बढ्न थालेको छ ।
ती नाराहरु मनन् गर्दै सर्वसाधारणप्रति उत्तरदायित्व बहन गर्नु पर्नेमा सप्तरी सदरमुकाम राजविराजमा ट्राफिक प्रहरीले मनपरी ढंगले दुःख दिने गरेको गुनासो बढ्न थालेको हो । घटना हो, बुधबार बिहान करिब ९ बजेको ।
राजविराज–रुपनी सडक खण्डमा ट्राफिक प्रहरीले आफ्नो नियमित चेकजाँचलाई औपचारिकता दिइरहेका थिए । मोटरसाइकल चालकलाई रोकेर आवश्यक कागजातहरु माग गर्दै नभएकाहरुलाई जरिवाना काट्न लागिपरेको थियो । यसैबीच बच्चाहरुलाई स्कुल पु¥याउन हिडेका एक स्थानियहलाई राजविराज ट्राफिक प्रहरीका सई बिनोद कुमार साहले मोटरसाइकल रोकी लाइसेन्स र ब्लुबुक माग गरे । बच्चाहरुलाई विद्यालय पु¥याउन हतार भइरहेको बेला ती यूवकले भने, “स्कुल पु¥याउन ढिलो भइरहेको छ, स्कुल पु¥याएर आएर पुनः कागजातहरु दिन्छु ।” तर असई साहले भने, “लाइसेन्स र ब्लुबुक दिनुस् ।” त्यसपछि लाइसेन्स नविकरणको रसिद दिएपछि त्यो मान्य नहुने भन्दै असई साहले त्यसलाई प्रमाणित हुने अर्को कागजात देखाउन आग्रह गरेपछि ती यूवकले नविकरण फेल भएको लाइसेन्स देखाए । यसको अर्थ यातायात विभागले नविकरणका लागि दिएको रसिदको मान्यता नहुने प्रष्ट भएको छ ।
यस्तै अर्को घटना केही दिन अघि मात्र राजविराजस्थित रुपनी मोडमा भएको छ । त्यहा एक महिला ट्राफिक प्रहरीले एक मोटरसाइकल चालकलाई आफ्नो जुत्ता खोलेर हिर्काउन लागेको भिडियो सामाजिक संजालमा निकै भाइरल भएपछि ट्राफिक प्रहरीको आक्रमक व्यवहार पुष्टि भएको छ । जस्तोसुकै अवस्थामा बादविवाद भएपनि कुनै पनि सरोकारवाला निकायका कर्मचारी त्यसमा पनि ट्राफिक प्रहरीले सार्वजनिक रुपमा जुत्ता हिर्काउनु कतै पनि जायज नरहेको स्थानियहरु बताउछन् । यो घटनाले एउटा गम्भिर प्रश्न उब्जाएको छ भने ट्राफिकप्रतिको विश्वास गुमेको सर्वसाधारणको बुझाई छ ।
यता एउटा पत्रकारले ट्राफिक प्रहरीले मोटरसाइकल चेकजाच गर्दै गरेको कुरालाई संचारमाध्यमबाट उजागर गर्न खोज्दा सोही चेकजाचका क्रममा ट्राफिक प्रहरीका सई मोहनलाल चौधरीले असभ्य भाषाको प्रयोग गर्दै फोटो खिच्न नपाइने भन्दै पत्रकारमाथि जाई लागेका थिए । उनले दृश्य खिच्न अनुमति चाहिने भन्दै अडान दोहोराए । तर, कुनै पनि सार्वजनिक स्थलमा हुने गतिविधीलाई संचारकर्मीले समाचार प्रयोजनका लागि सहजै रुपमा तस्बिर खिच्न पाउने मान्यता रहेको छ । तर, सो कार्यमा अवरोध सिर्जना गर्नु ट्राफिक प्रहरीको नियत नै गलत देखिएको नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सह–सहचिव चन्दन कुमार यादवले बताए । ‘प्रहरीले सार्वजनिक स्थलमा नियमित काम कारवाही गरिरहदा पत्रकारले पनि आफ्नो नियमित कामकाज गर्न पाउनुपर्छ तर त्यसमा अवरोध खडा गर्नु सरासर गलत हो’ उनले भने–‘अविलम्व ट्राफिक प्रहरीले यस्ता कार्यमा सुधार गर्नु जरुरी छ ।’
ट्राफिक प्रहरीको सई जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले आफ्नो आचारण, व्यवहार र बोली सुधार्नु आवश्यक रहेको सह–सचिव यादवको कथन छ । यसैबीच जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले घटना बारे बुझने कार्य भइरहेको प्रतिक्रिया दिदै, “हामीलाई पनि ट्राफिक प्रहरीका धेरै गुनासोहरु आइरहेको छ, ती गुनासोहरु बारे आवश्यक कुरा बुझ्नका लागि ट्राफिक इन्चार्जसँग समन्वय गर्दैछौं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/09 सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान
- 2082/02/09 बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
- 2082/02/09 लागुऔषध गाजासहित एक पक्राउ
- 2082/02/09 काँग्रेस नेतृ साहको निधन
- 2082/02/08 राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
- 2082/02/08 हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
- 2082/02/08 रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
- 2082/02/08 लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
- 2082/02/08 सांसद साहद्वारा अस्पतालको निरिक्षण
- 2082/02/08 सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ