News Category 2078/09/10
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सप्तरी कार्यालयको उदघाटन

दैनिक समाचारदाता
राजविराज, ९ पुस ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सप्तरीको शुक्रबार राजबिराजमा कार्यालय उदघाटन गरिएको छ ।
बैदेशिक रोजगारको सिलसिलामा जानेहरूलाई ठगिबाट बचाउन, समस्यामा परेका परिवारहरूलाई न्यायमा पहुँच बढाउन सहयोग गर्नका लागी कार्यालयको उद्घाटन गरिएको हो ।
राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाले बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित तथा उपलब्धीमूलक बनाउने उद्देश्यले सुरक्षित आप्रवासन परियोजना र आप्रवासी श्रोत केन्द्रले गरेको कार्यको प्रशंसा समेत गरिन ।
सो अवसरमा सामी परियोजना अधिकृत रामप्रमेश मण्डलले बैदेशिक रोजगारमा जानेले सीप सँगै सुचनाको पहुँच बढाउन तथा ठगीवाट जोगिनका लागि श्रोत केन्द्रले ठूलो भुमिका खेल्ने बताए ।
प्रदेश २ सामी हेल्भेटास नेपालका संयोजक बिजय ठाकुरले बैदेशिक रोजगारलाई सुरक्षित तथा लाभदायक बनाउन सुसुचित गरि, सीप तथा ठगीमा परेकालाई उचित न्याय दिलाउन आबश्यक रहेको बताए ।
जिल्ला प्रशासन कार्यालय राजबिराजस्थित रहेको आप्रवासी श्रोत केन्द्रले बैदेशिक रोजगारमा जानेलाई सुरक्षित भएर जाने, जाने भए सीप सिकेर जान, ठगीमा पर्नेलाई न्याय दिलाउन, घरपरिवारलाई मनोपरामर्श बितिय साक्षरता कक्षा माध्यमवाट राजबिराज नगरपालिका, कंचनरूप नगरपालिका, शंभुनाथ नगरपालिका, राजगढ गाउपालिकामा कार्यक्रम गर्दै आएको श्रोत केन्द्रका संयोजक राजेन्द्र यादबले बताए ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र राजबिराजका अध्यक्ष जितेन्द्र सिन्हाको अध्यक्षतामा आयोजित कार्यक्रममा सामी हेल्भेटास नेपालका प्रदेश संयोजक बिजय ठाकुर, नेपाल पत्रकार महासंघ सप्तरी उपाध्यक्ष अम्बिका दहाल, सामी परियोजनाका कार्यक्रम अधिकृत राम प्रमेश मण्डल, रिटर्नी राधा नेपाल लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ