News Category 2078/09/10
हाम्रो कृषिले कृषि क्षेत्रलाई सबल बनाउने योजना ल्यायो
दैनिक समाचारदाता
राजविराज, ९ पुस ।
हाम्रो कृषि सहकारी संस्था लिमिटेड राजविराजले कृषि क्षेत्रलाई थप सबल बनाउन राजविराज नगरपालिकाको सम्पूर्ण वडामा कृषक समूह गठन गर्ने जनाएको छ ।
संस्थाको शुक्रबार आयोजित १२ औं वार्षिक साधारण सभाको अवसरमा सो जानकारी दिँदै किसानलाई प्रोत्साहन गर्ने लक्ष्य सार्वजनिक गरेको हो ।
सभामा प्रगति प्रतिवेदन पेश गर्दै संस्थाका अध्यक्ष अमिरनारायण यादवले राजविराज नगरपालिकाको सबै १६ वटै वडामा कृषक समूह गठन गर्ने काम अघि बढेको जानकारी दिए ।
उनले सरकार र सहकारीको माध्यमले कृषि क्षेत्रलाई सबल तथा कृषि क्षेत्रलाई प्रोत्साहन गर्न ल्याइएको नीति अन्तरगत हालसम्म दुई वटा कृषक समूह गठन भइसकेको जानकारी पनि दिए । उनले बाँकी रहेका अन्य वडामा समेत बिस्तारको काम अघि बढेको जानकारी दिए ।
यस्तै कृषकहरुलाई सस्तो र सहज ढंगले मलखाद, बिऊ बिजन समयमै उपलब्ध गराउन यसै वर्षदेखी डिलर लिई सेवा समेत सुरु गर्ने तयारी गरिएको उनको भनाई छ ।
प्रस्तुत वार्षिक प्रतिवेदनमा हालसम्म संस्थामा ३ करोड ५८ लाख ३८ हजार २ सय कारोबार भएको, शेयर पुँजी २७ लाख १९ हजार रहेको र ऋण लगानी १ करोड २३ लाख भएको उल्लेख गरिएको छ । संस्थामा हाल ४ सय जना शेयर सदस्य रहेका छन् ।
वार्षिक साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंक शाखा राजविराजका प्रबन्धक चन्द्रमणि भटराईले सहकार्य मार्फत सहकारीको विकास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष अम्बिका दाहाल, पूर्वकेन्द्रिय सदस्य अवधेश झा, प्याबशन सप्तरीका अध्यक्ष देवानन्द चौधरी, समाजसेवी प्रेम श्रेष्ठ लगायतले पनि शुभकामना दिँदै सहकारी नाफामुखी मात्र नभई सामाजिक काममा पनि उत्तिकै योगदान दिन अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।
सोही सभामा संस्थाका उत्कृष्ट बचतकर्ता, शेयर सदस्य लगायतलाई सम्मान गरिएको थियो ।
वार्षिक साधारण सभाका अवसरमा संस्थाले सामाजिक सेवा उत्तरदायित्व अन्तरगत पत्रकार महासंघ शाखा सप्तरीलाई एक थान स्टिल दराजसमेत प्रदान गरेको संस्थाले जनाएको छ । सो अवसरमा संस्थाका अध्यक्ष यादवले महासंघका उपाध्यक्ष अम्बिका दाहाल, सचिव रामनारायण विश्वासलाई संयुक्त रुपमा दराजको साँचो हस्तान्तरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ