News Category 2078/09/12
नौं दिनदेखी बालक सम्पर्कविहीन
दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
सप्तरीको बोदेबरसाईन नगरपालिका २ का बालक सुदिप यादव ९ दिनदेखी सम्पर्कविहीन छन् ।
सम्पर्कविहीन भएको ९ दिन पुगिसक्दा समेत उनको अवस्था अज्ञात रहेको आइतबार संचारकर्मीहरुसँग भेट्दै उनको परिवारजनले बताएका छन् । वेपत्ता सुदिपको अवस्था पत्ता लगाउने कार्यमा सहयोगका लागि परिवारजनले आग्रह समेत गरेका छन् ।
बुबा सरोजका अनुसार गत पुस ३ गते शनिबार घर नजिकै रहेको खेलमैदानमा दिउँसो २ बजेतिर उनी साथीहरुसँग क्रिकेट खेल्न गएका थिए । तर त्यसपछि फर्केर आएनन् । रात्ी अबेरसम्म घर नफर्केपछि चिन्तामा डुबेका परिवारजन भोली पल्ट विहानै इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा घटना विवरणसहित खोजतलासका लागि निवेदन दिएका थिए ।
प्रहरीले सोही दिनदेखी खोजतलास तिब्र पारेको बताएपनि हालसम्म अज्ञात रहेका सुदिपको अवस्था बारे केही सुराक पत्ता लगाउन सकेको छैन् । मिस्त्रिको काम गर्ने यादवका दुई छोरा मध्ये १३ वर्षि सुदिप कान्छा हुन् । उनी लहानस्थित लिटिल स्टार हायरसेकेन्ड्री बोर्डिङ स्कुलमा कक्षा ७ मा पढ्दै थिए । शनिबार बिदा परेकाले उनी साथीहरुसँग क्रिकेट खेल्न गएका बेला वेपत्ता भएको र उनका साथी तथा अन्य सम्भावित सबै स्थानमा खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नलागेको आमा रनिताले रुदै सुनाइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ