News Category 2078/09/12
ठूलो परिमाणमा लागुऔषध काठमाडौं पु¥याउने कार्यमा संलग्न सहचालकसहित दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
रात्री बसबाट लागुऔषध काठमाडौैं पु¥याउने अवैध कारोबारमा संलग्न सहचालकसहित दुईजना कारोबारी सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि दुई दिनअघि पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा राजविराज–काठमाडौं रुटमा चल्ने ना.८ख. ५८३७ नम्बरको बसका सहचालक कंचनरुप नगरपालिका ८ निवासी ३६ वर्षिय संजय भुजेल र बोदेबरसाईन नगरपालिका ५ बस्ने २१ वर्षिय मो. अब्दुल छन् ।
प्रहरी उपरिक्षक अभिनारायण काफ्लेका अनुसार अब्दुलले भारतीय क्षेत्रबाट लुकिछिपि लागुऔषध ल्याई सहचालक भुजेललाई बुझाउने र भुजेलले काठमाडौं पु¥याई विभिन्न स्थानमा बिक्रि गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको छ ।
भुजेलले काठमाडौं लैजान पार्किङ गर्ने स्थानमा बसको डिक्कीमा लागुऔषध ठिक्क पारि राखेको गोप्य सूचना आएपछि चेकजाच गर्दा ठूलो परिमाणमा लागु औषध बरामद गरिएको प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिए ।
टेम्पो र बसबाट गरि प्रतिबन्धित नाइट्रोभेट १० दुई हजार एक सय ट्याब्लेट, एसएमपी प्रोक्सिभन क्याप्सुल २ सय ८८ र डाइलेक्स डिसि १०० एमएल तीन सय ९९ बोतल बरामद गरिएको प्रहरी उपरिक्षक काफ्लेले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ