News Category 2078/09/12
दोषिलाई कारवाहीको माग गर्दै जनमत पार्टीद्वारा प्रदर्शन

दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
दोषिमाथी कारवाहीको माग गर्दै जनमत पार्टीले सोमबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा प्रदर्शन, घेराउ तथा चक्काजाम लगायतका बिरोधका कार्यक्रम गरेका छन् ।
दुई दिनअघि सो पार्टीद्वारा हनुमाननगर कंकालिनी नगरपालिका वडा ११ स्थित सामुदायिक भवनमा आयोजित कोणसभा बिथोल्न वडा अध्यक्ष मोहीनारायण यादवको नेतृत्वमा एक समूहले घरेलु हतियारसहित नेताहरुमाथी आक्रमण तथा सहभागिहरुको मोटरसाइकल तोडफोड गरेको बिरोधमा सो बिरोधका कार्यक्रमहरु गरेका हुन् ।
पार्टीका नेता कार्यकर्ताहरुले हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालय र प्रहरी चौकी घेराउ गर्नुका साथै टायर बालेर हनुमाननगर बजारमा प्रदर्शन गरेका छन् । जनमत पार्टीका नेता कार्यकर्ता सडकमा उत्रेपछि एक घण्टा सडक अवरुद्ध हुनुका साथै प्रहरी चौकी र नगरपालिकाको सेवा प्रभावित बनेको थियो ।
पार्टीका जिल्ला सचिव थानेश्वर प्रसाद साहका अनुसार शनिबार आयोजित पार्टीको कोणसभालाई लक्षित गरि वडा अध्यक्ष मोहिनारायण यादवको नेतृत्वमा एक समूहले धारिलो हतियारसहित आक्रमण गर्दा मोटरसाइकलमा क्षति तथा पार्टीका पालिका सहसचिव मण्डललाई चोट लागेको छ ।
उनले शान्तिपूर्ण सभामा आक्रमण र तोडफोड गर्नेलाई अविलम्ब पक्राउ, घाइतेको उपचार र क्षतिपूर्तीको माग अघि सार्दै माग पुरा नभए आन्दोलन अझ चर्काउने चेतावनी समेत दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ