News Category 2078/09/12
खेतमा साग टिप्न गएकी महिलाको बियरको बोतल प्रहार गरि हत्या
दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा एक बृद्धको घाटी रेटी हत्या भएको घटना एक महिना नबित्दै पुनः एक अर्की महिलाको हत्या भएको छ ।
सो गाउँपालिका वडा नं. १ बरही विरपुरकी ५० वर्षिया भुटनी देवी यादवको सोमबार बिहान हत्या गरिएको अवस्थामा गहुँ खेतको खोल्सोमा मृत शरीर फेला परेको छ । हत्या आइतबार साँझ ६ बजेदेखी १० बजेसम्मको बीचमा हुन सक्ने प्रहरीको अनुमान छ ।
शवको प्रकृति र घटनास्थलमा भेटिएका प्रमाणको आधारमा यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्ललेले जानकारी दिएका छन् । यादवको टाउँकोमा बियरको बोतल प्रहार गरि हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको उनले बताउँदै घटनास्थलमा २ वटा फुटेको र एउटा नफुटेको बियरको बोतल बरामद गरिएको उनले जानकारी दिए ।
मृतकका पति जवाहिर यादवले आइतबार साँझ ५ बजेतिर भुटनी देवी हसिया र खरानी लिएर खेततर्फ लागेकी जानकारी दिदै गहुँ खेतमा किरा मार्न प्रयोग गरिने खरानी छर्ने र आउँदा केही सागसब्जी काटेर ल्याउने भन्दै निस्केकी बताए । पत्नि अबेरसम्म घर नफर्केपछि आफूहरु राती १० बजेतिर टर्च बोकेर खेततर्फ खोज्न गएको तर कतै फेला नपरेको र बिहान पुनः खोज्न जाँदा खेतभन्दा करिब ५ सय मिटर टाढा रहेको खोल्सोमा उनको मृत शरीर फेला परेको उनको भनाई छ ।
प्रहरीले घटना बारे अनुसन्धानका लागि सोमबारै तालिम प्राप्त कुकुरको प्रयोग समेत गरेको छ । गत मंसिर ८ गते सोही गाउँपालिकाका वडा नं. ६ निवासी ८० वर्षिय मिश्रिलाल मण्डलको दिउँसो १२ बजेतिर घाँटी रेटी हत्या भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ