News Category 2078/09/12
खेतमा साग टिप्न गएकी महिलाको बियरको बोतल प्रहार गरि हत्या

दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा एक बृद्धको घाटी रेटी हत्या भएको घटना एक महिना नबित्दै पुनः एक अर्की महिलाको हत्या भएको छ ।
सो गाउँपालिका वडा नं. १ बरही विरपुरकी ५० वर्षिया भुटनी देवी यादवको सोमबार बिहान हत्या गरिएको अवस्थामा गहुँ खेतको खोल्सोमा मृत शरीर फेला परेको छ । हत्या आइतबार साँझ ६ बजेदेखी १० बजेसम्मको बीचमा हुन सक्ने प्रहरीको अनुमान छ ।
शवको प्रकृति र घटनास्थलमा भेटिएका प्रमाणको आधारमा यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्ललेले जानकारी दिएका छन् । यादवको टाउँकोमा बियरको बोतल प्रहार गरि हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको उनले बताउँदै घटनास्थलमा २ वटा फुटेको र एउटा नफुटेको बियरको बोतल बरामद गरिएको उनले जानकारी दिए ।
मृतकका पति जवाहिर यादवले आइतबार साँझ ५ बजेतिर भुटनी देवी हसिया र खरानी लिएर खेततर्फ लागेकी जानकारी दिदै गहुँ खेतमा किरा मार्न प्रयोग गरिने खरानी छर्ने र आउँदा केही सागसब्जी काटेर ल्याउने भन्दै निस्केकी बताए । पत्नि अबेरसम्म घर नफर्केपछि आफूहरु राती १० बजेतिर टर्च बोकेर खेततर्फ खोज्न गएको तर कतै फेला नपरेको र बिहान पुनः खोज्न जाँदा खेतभन्दा करिब ५ सय मिटर टाढा रहेको खोल्सोमा उनको मृत शरीर फेला परेको उनको भनाई छ ।
प्रहरीले घटना बारे अनुसन्धानका लागि सोमबारै तालिम प्राप्त कुकुरको प्रयोग समेत गरेको छ । गत मंसिर ८ गते सोही गाउँपालिकाका वडा नं. ६ निवासी ८० वर्षिय मिश्रिलाल मण्डलको दिउँसो १२ बजेतिर घाँटी रेटी हत्या भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ