News Category 2078/09/13
वडा अध्यक्षहरुले नगरपालिकाको सबै वडा कार्यालयमा गरे तालाबन्दी

दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
आफ्नो नेता कार्यकर्तामाथी आक्रमण गर्ने एक वडा अध्यक्षमाथी कारवाही गर्न माग गर्दै जनमत पार्टीले सुरु गरेको सडक अन्दोलनलाई लक्षित गर्दै वडा अध्यक्षहरु पनि आन्दोलनमा उत्रेका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष मोहि यादवको नेतृत्वमा एक टोलीले गत शनिबार आफ्ना नेता कार्यकर्तामाथी आक्रमण र कार्यक्रम स्थलमा तोडफोड गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले आइतबारदेखी सडक आन्दोलनमा छन् ।
यता मंगलबार उक्त नगरपालिकाका सबै १४ वटै वडाका वडा अध्यक्षले आ–आफ्नो वडा कार्यालयमा तालाबन्दी गरि सोको साँचो नगर प्रमुख शैलेश प्रसाद साहलाई बुझाएका छन् । उनीहरुले नगर प्रमुख साहलाई एक ज्ञापनपत्र समेत बुझाउँदै उक्त घटनामा जनमत पार्टीका कार्यकर्ता दोषि रहेकाले कारवाहीका लागि पहल गर्न माग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति र पत्रकार महासंघ सप्तरीलाई बोदार्थसमेत दिइएको उक्त ज्ञापनपत्रमा गत शनिबार आयोजित जनमत पार्टीको कोणसभाका क्रममा वडा नं ११ वडा अध्यक्ष मोही यादवलाई गालिगलौज गरेको तथा वडा नं. १० वडा अध्यक्ष श्रवण मण्डलको घरमै पसि उनीमाथी हातपात गरेको उल्लेख गरेका छन् ।
यसबारे प्रहरीमा उजुरी दिँदा पनि हालसम्म कुनै कारवाही नभएकाले बाध्य भई वडा कार्यालयहरुमा तालाबन्दी गरिएको र तत्काल कारवाही नगरिए बुधबार हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालयमा समेत तालाबन्दी गरि आन्दोलन चर्काउने विज्ञप्ति मार्फत चेतावनी दिइएको छ ।
यता जनमत पार्टीका जिल्ला सचिव थानेश्वर साहले वडा अध्यक्षको आन्दोलनले आफू चकित परेको बताए । उनले वडा अध्यक्षको आन्दोलनलाई नौंटंकी संज्ञा दिँदै भने, “हाम्रो नेता कार्यकर्तामाथी आक्रमण गर्ने र पक्राउ पर्ने डरले उल्टै आन्दोलनको नाटक गर्ने काम मात्र हो ।”
आन्दोलनकै क्रममा जनमत पार्टीका नेता कार्यकर्ता सम्मिलित एक जुलुस मंगलबार प्रहरी चौकी हनुमाननगर पुगि दोषिलाई कारवाही गर्न माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ