News Category 2078/09/14
उम्मेदवारी फिर्ता लिएका ललनले पाए ९५ भोट
दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
नेपाली काँग्रेसको प्रदेश सदस्य पदमा उम्मेदवारी फिर्ता लिएका सप्तरी काँग्रेसको प्रवक्ता समेत रहेका प्रभात कुमार ललनले ९५ मत पाएका छन् ।
उनले निर्वाचन सुरु हुनु भन्दा पाँच मिनेट अगाडी उम्मेदवारी फिर्ता लिएका थिए । देउवा पक्षका उनी आपसी तालमेल भएपछि अन्तिम क्षणमा उम्मेदवारी फिर्ता लिएका थिए ।
हालै जनकपुृरमा भएको प्रदेश २ को अधिवेशनमा उनी प्रदेश सदस्य खुल्लातर्फ उम्मेदवारी दर्ता गराएपनि मतदान शूरु हुनुभन्दा ५ मिनेट पहिले निर्वाचन अधिकारीको कार्यालयमा एक निवेदन दिदै उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका थिए ।
मतगणना गर्दा उनले ९५ मत पाएका छन् । उक्त पदमा भने जिवनाथ चौधरी, नरेन्द्र यादव, प्रेमशंकर सिह र बासुलाल महतो निर्वाचित भएका छन् ।
नेपाली काँग्रेसको केन्द्रिय महाधिवेशनमा सप्तरीबाट १ जना र प्रदेश २ को अधिवेशनबाट ८ गरी ९ जना निर्वाचित भएका छन् । प्रवक्ता ललनका अनुसार केन्द्रिय अधिवेशनबाट दिनेश यादव केन्द्रिय सदस्य पदमा निर्वाचित भएका छन् ।
यस्तै प्रदेश २ को अधिवेशनबाट सह–महामन्ीत्र पदमा परशुराम चौधरी र विन्दु यादव निर्वाचित भएका छन् । यस्तै प्रदेश २ को सदस्य पदमा भुवनेश्वर साफी, पार्वती देवी माझी, विमला साह, राजश्री यादव, नितु झा र आशाराम चौधरी निर्वाचित भएका छन् ।
यसैबीच रोकिएको सप्तरी जिल्लाको अधिवेशन पुष २७ गते हुने र यसका लागी आवश्यक तयारी शुरु गरिएको प्रवक्ता ललनले जानकारी गराएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ