News Category 2078/09/16
जसपाद्वारा जनमत बिरुद्ध खबरदारी जुलुस
दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
जनता समाजवादी पार्टी नेपालले जनमत पार्टी बिरुद्ध सप्तरीमा शुक्रबार खबरदारी जुलुस निकालेको छ । जनमत पार्टीका नेता कार्यकर्तामाथी कारवाहीको माग गर्दै जसपाले सो खबरदारी जुलुस निकालेको हो ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीको कार्यक्रममा वडा नं. ११ का वडाअध्यक्ष लगायतले नेता कार्यकर्तामाथी आक्रमण तथा सवारीसाधनलाई तोडफोड गरेको भन्दै वडा अध्यक्षलाई कारवाहीको माग गर्दै आन्दोलन गरिरहेको बेला जसपाले पनि सो पार्टी बिरुद्ध खबरदारी जुलुस निकालेको जनाइएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष मोहि यादवको नेतृत्वमा एक टोलीले गत गत शनिबार आफ्ना नेता कार्यकर्तामाथी आक्रमण र कार्यक्रम स्थलमा तोडफोड गरेको आरोप लगाउँदै जनमत पार्टीका कार्यकर्ताले सडक आन्दोलन सुरु गरेका छन् ।
यता मंगलबारदेखी उक्त नगरपालिकाका १३ वटै वडाका वडा अध्यक्षले आ–आफ्नो वडा कार्यालयमा तालाबन्दी गरि सोको साँचो नगर प्रमुख शैलेश प्रसाद साहलाई बुझाएका छन् । उनीहरुले नगर प्रमुख साहलाई एक ज्ञापनपत्र समेत बुझाउँदै उक्त घटनामा जनमत पार्टीका कार्यकर्ता दोषि रहेकाले कारवाहीका लागि पहल गर्न माग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति र पत्रकार महासंघ सप्तरीलाई बोदार्थसमेत दिइएको उक्त ज्ञापनपत्रमा गत शनिबार आयोजित जनमत पार्टीको कोणसभाका क्रममा वडा नं ११ वडा अध्यक्ष मोही यादवलाई गालिगलौज गरेको तथा वडा नं. १० वडा अध्यक्ष श्रवण मण्डलको घरमै पसि उनीमाथी हातपात गरेको उल्लेख गरेका छन् ।
यता जनमत पार्टीका जिल्ला सचिव थानेश्वर साहले वडा अध्यक्षको आन्दोलनले आफू चकित परेको बताए । उनले वडा अध्यक्षको आन्दोलनलाई नौंटंकी संज्ञा दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ