News Category 2078/09/18
मोटरसाइकल एक आपसमा ठोकिदा दुबै चालकको मृत्यु, चार जना घाइते
दैनिक समाचारदाता
राजविराज, १८ पुस ।
सप्तरीमा शनिबार राती भएको मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
जिल्लाको सप्तकोशी नगरपालिका वडा नंं ४ कंचनपुर फत्तेपुर भित्रि सडक खण्डमा को.२२प. १५५८ नंं को मोटरसाइकल र को.२२प. १५५८ नं. को मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा स.५प. ३११८ नंं को मोटरसाइकल चालक सप्तरीको कंचनरुप नगरपालिका ७ निवासी शुभास बस्नेत र को.२२प. १५५८ नंं को मोटरसाइकल चालक उदयपुर चौदण्डीगढी नगरपालिका ९ निवासी २८ वर्षिय हरिशंकर चौधरी छन् ।
सोही दुर्घटनामा घाईते भएकाहरु स.५प. ३११८ नंं को मोटरसाइकलमा सवार मृतक शुभास बस्नेतकी श्रीमती ३० वर्षिया ममता सापकोटा, निजका छोरा ८ वर्षिय सम्मर बस्नेत र छोरी एक वर्षिया सिम्रिका बस्नेत छन् ।
यस्तै को.२२प. १५५८ नं. को मोटरसाइकलमा सवार सप्तकोशी नगरपालिका ९ निवासी ३६ वर्षिय रोहित चौधरी घाइते भएका छन् ।
घाइते भएकामध्ये बस्नेत र चौधरीको बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको तथा चार जनाको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता घटना बारे अनुसन्धान भइरहेको तथा दुवै मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ