News Category 2078/09/18
राजविराज नगरपालिकाद्वारा कृषि विश्वविद्यालयका लागि जग्गा दिने निर्णय
दैनिक समाचारदाता
राजविराज, १८ पुस ।
राजविराजमा स्थापना भएको प्रदेश २ कृषि विश्वविद्यालयका लागि जग्गाको टुङ्गो लागेको छ ।
राजविराज नगरपालिकाको आइतबार बसेको कार्यपालिकाको बैठकले वडा नं. १३ विषहरियामा कृषि विश्वविद्यालयका लागि छबिस विगहा ८ कठ्ठा १८ धुर जग्गा दिने निर्णय गरेको हो ।
साविकको विषहरिया गाविस ५ ख हाल राजविराज नगरपालिका वडा नं. १३ मा नेपाल सरकारको नाउँको नगरपालिका अधिन्सत रेखदेख नियन्त्रण संरक्षणमा रहेको कित्ता नं. १ को २९–२–१८ मध्येबाट २६–८–१८ क्षेत्रफलको जग्गा कृषि विश्वविद्यालयका लागि ३० वर्षका लागि भाडामा दिने निर्णय गरेको हो ।
राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले कृषि विश्वविद्यालयका लागि उक्त जग्गा कार्यपालिकाको बैठकले निर्णय गरि आवश्यक सिफारिसका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीसहित मालपोत कार्यालय र नापी कार्यालयसमेतलाई बोधार्थ गरिएको जानकारी दिए ।
प्रदेश २ सरकारले अध्यादेशमार्फत स्थापना गरेको प्रदेश कृषि विश्वविद्यालयको भौतिक पूर्वाधार विकासका लागि ३१ करोड रुपैयाँ अनुदान दिन निर्णय गरेको छ । यसअघि राजविराजमा कृषि विश्वविद्यालयको कार्यालय समेत स्थापना भइसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ