News Category 2078/09/20
चिसोले एकको मृत्यु जनजिवन कष्टकर बन्दै

दैनिक समाचारदाता
राजविराज, २० पुस ।
केही दिनदेखी तराई मधेशमा बढ्दै गएको चिसोसँगै चलेको सितलहरले जनजिवन कष्टकर बन्दै गएको छ । यसैक्रममा अत्याधिक चिसोका कारण सप्तरीमा सोमबार बिहान कठ्याग्रीएर एक जनाको मृत्यु समेत भएको छ ।
मृत्यु हुनेमा महदेवा गाँउपालिका ४ का ६५ वर्षिय देवनारायण ठाकुर छन् । गाउपालिकाकी उपाध्यक्ष ममता यादबले विहान उठेर ढोका बाहिर निस्केका मण्डल कठ्याग्रीएर बेहोस भएपछि आफन्तले समहाल्न नपाउदै उनको मृत्यु भईसकेको बताइन् ।
केही दिन अघिको वर्षा संगै चिसो बढेपछि जनजिवन प्रभावित भएको छ । जिल्लाका निजी क्लिनिक तथा अस्पतालमा चिसोका बिरामी समेत बढेका छन् । चिसोका कारण निमोनिया, कोल्डडायरीया, दम, रुघाखोकी र श्वासप्रश्वास सम्बन्धी समस्या लिएर विरामी आउन थालेको गजेन्द्र नारायण सिह अस्पताल प्रशसनले जानकारी दिएको छ ।
विशेष गरि ग्रामिण क्षेत्रको विपन्न बस्तीमा चिसोले बढी प्रभाव पारेको देखिएको छ । टोल टोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ । अति विपन्न समुदायका व्यक्तिहरु चिसोले बढी प्रभावित भएको देखिन्छ । शरीरलाई न्यानो पार्न कपडा तथा दाउरा बाल्ने प्रबन्ध समेत नभएपछि उनीहरु अहिले जसोतसो जिवन यापन गर्दैछन् ।
यसैबीच मंगलवारै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा वसेको सर्वपक्षिय र सर्वदलिय बैठकले सर्वसाधारणलाई सितलहरको प्रकोपबाट जोगाउन पूर्व तयारी र प्रतिकार्यलाई सक्रियताका साथ अघि बढाउने निर्णय समेत गरेको छ ।
जिल्लाको सबै १८ वटै स्थानीय तहमा विपद ब्यवस्थापन समितीमार्फत सितलहरबाट जोगाउन सचेतना र दाउराको व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको छ ।
त्यस्तै सम्बन्धित गाँउ र नगरपालिकाले अति विपन्न परिवारको पहिचान गरी न्यानो कपडा र कम्बल वितरण गर्ने तथा कोरोनाको जोखिम न्युनिकरण र शान्ति सुरक्षालाई अझ सुदुढ बनाउन विविध निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ