News Category 2078/09/21
पुस २५ देखी बजाजको महाएक्सचेन्ज मेला

दैनिक समाचारदाता
राजविराज, २१ पुस ।
पुस २५ देखी बजाज कम्पनीका मोटरसाइकलको महाएक्सचेन्ज मेला राजविराजमा आयोजना गरिने भएको छ ।
हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्राली गोल्छा ग्रुप तथा खान अटोमोवाइल्स एण्ड इलेक्ट्रोनिक्स प्रालि राजविराजले उक्त मेलाको आयोजना गर्ने भएको हो ।
बुधबार राजविराजमा महाएक्सचेन्ज मेलाबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा गोल्छा गु्रपका असिस्टेन्ट म्यानेजर शंकर मण्डलले मेला पुस २५ देखी पुस ३० सम्म चल्ने जानकारी दिए ।
उनले मेलामा कुनै पनि कम्पनीका पुरानो मोटरसाइकल साटेर निश्चित गरिएको रकम थप गरि बजाज कम्पनीको नयाँ मोटरसाइकल लिने सुविधा उपलब्ध रहेको जानकारी दिदै पुरानो मोटरसाइकलको बजार मुल्य भन्दा १० हजार थप जोडेर एक्सचेन्ज गरिने सुविधा समेत उपलब्ध रहेको बताए ।
पत्रकार सम्मेलनमा खान आटोमोवाइल्सका संचालक कलिम खाँले मेला अवधीभर सर्वसाधारणलाई ४० देखी ५० प्रतिशत, पत्रकारहरुलाई विशेष छुटसहित डाउन पेमेन्टमा शुन्य प्रतिशत ब्याजदरमा मोटरसाइकल लिन सकिने सुविधा उपलब्ध हुने जानकारी दिए ।
यसैगरि मेला अवधीभर नयाँ मोटरसाइकल खरीदमा तत्कालै ८ हजार रुँपैया छुट हुने, सर्विसिंङ तथा मोटरसाइकल उपकरण खरीदमा पनि विशेष छुट दिइने व्यवस्था गरिएको उनले जानकारी दिए । उक्त मेलामा बजाज कम्पनीका मोटरसाइकल, मोटरपार्टस र अन्य उपकरणहरुको एक दर्जनभन्दा बढी स्टलहरु राखिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ