News Category 2078/09/21
रोजगारीका लागि दुबई गएका सुकदेवको बाकसमा शव आयो
दैनिक समाचारदाता
राजविराज, २१ पुस ।
नौं वर्षअघि रोजगारीका लागि दुबई गएका सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका ६ का सुकदेव चौधरीको बुधबार साँझ बाकसमा शव आएको छ ।
४६ वर्षिय चौधरी बैदेशिक रोजगारीका क्रममा ९ वर्ष अघि दुबई पुगेका थिए । एक महिना अघि दुबईमै रहँदा पारालाइसिस भई अस्पताल भर्ना भएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको परिवारजनको भनाई छ ।
उनी कार्यगत कम्पनीले आवश्यक प्रक्रिया पुरा गर्दा गर्दै एक महिना समय लागेको पत्नी ललिताले बताइन् । बुधबार बासकसमा उनको शव आएपछि पत्नी ललिता बेहोस भइन् ।
बीच बीचमा घर समेत आउने गरेका चौधरीको दुई छोरा रहेको छ । उनले जेठो छोराको आउँदो फागुनमा विवाह समेत तय गरिसकेका थिए । विवाहका पैसाको जोहो गरेर छिटै घर फर्किने फोनमा पति चौधरीले आफूलाई सुनाउने गरेको ललिताले रुदै सुनाइन् ।
बैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउने प्रयास गरिरहँदा थुप्रै नेपालीको यसरी नै बिदेशी भूमीमा ज्यान गुमाई बाकसमा समेटिएर आउने गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ