News Category 2078/09/22
वेपत्ता उपाध्यायको अवस्था पत्ता लगाईदिन आग्रह

दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
राजविराज नगरपालिका वडा नं. ५ का ६५ वर्षिय शम्भुप्रसाद उपाध्याय पुस १७ गते शनिबार बिहान ७ बजेतिर वेपत्ता भएका छन् ।
उनी वेपत्ता भएकै दिन साँझ श्रीमती बिमलाले पतिको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिँदा आजसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन् ।
परिवारजनले राती अबेरसम्म उनी फर्केर नआउदा आफ्नो स्तरबाट पनि खोजतलास सुरु गरे पनि अहिलसम्म उनको अतोपत्तो नलागेको श्रीमती बिमलाले सुनाइन् ।
वडा सदस्य गंगासागर गुप्ताले निजको केही दिनयता मानसिक अवस्था ठिक नरहेको जानकारी आफूहरुलाई प्राप्त भएको बताउँदै यतिका दिन बितिसक्दा पनि उनको अवस्था पत्ता नलाग्नु चिन्ताको विषय भएको बताए ।
पतिको अवस्था पत्ता लगाउने कार्यमा सहयोग गरिदिन संचारकर्मी र अधिकारकर्मीलाई पत्नी बिमलाले आग्रह गरेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले उपाध्यायको अवस्था पत्ता लगाउन कुनै कसर बाँकी नराखेको र मातहतका सबै प्रहरी कार्यालयमा निजको हुलिया विवरण पठाई खोजतलास तिब्र बनाएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/09 सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान
- 2082/02/09 बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
- 2082/02/09 लागुऔषध गाजासहित एक पक्राउ
- 2082/02/09 काँग्रेस नेतृ साहको निधन
- 2082/02/08 राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
- 2082/02/08 हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
- 2082/02/08 रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
- 2082/02/08 लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
- 2082/02/08 सांसद साहद्वारा अस्पतालको निरिक्षण
- 2082/02/08 सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ